हाम्रो पालिका

धादिङ जिल्लामा रविनले सर्बोत्कृष्ट अंक ल्याएको दाबी

By Dhadingnews.com

June 11, 2013

सन्तोष अधिकारी बैरेनी धादिङ  ,जेष्ठ २८ (धादिङ्न्युज)।  मंगलबार सार्बजनिक भएको २०६९ सालको एसएलसी परीक्षामा दक्षिणी धादिङको बैरेनीका एक  विद्यार्थीले जिल्लामा सर्बोत्कृट अंक ल्याएको  विद्यालयले दाबी गरेको छ्  । दक्षिणी धादिङको बैरेनीमा   रहेको  दी राईजिङ भिलेज  आवासीय उच्च माविवाट परीक्षा दिएका रविन थापाले जिल्लामा सर्बोत्कृष्ट अंक ल्याएको विद्यालयले दाबी गरेको छ । थापाले   ९१.२५   प्रतिशत अर्थात ७३०  अंक ल्याएका छन् । गोगनपानी गाबिस १ का पूर्णबहादुर थापा र सुबन थापाका छोरा रविन २०५४ साल जेठ २४ गते जन्मिएका हुन ।