बैंक /बित्तिय संस्था

यातायात क्षेत्रलाई प्रबिधिमैत्री बनाउँदै बससेवा, बससेवा अपरेटर एप्स् सञ्चालनमा

By धादिङ न्यूज

April 07, 2016

यातायात क्षेत्रलाई प्रबिधिमैत्री बनाउने अभियानमा जुटेकोे बससेवा डटकमले बस व्यवसायीहरूलाई लक्षित गर्दै बससेवा अपरटरेटर एप सञ्चालनमा ल्याएको छ । अनलाईनबाट बस टिकट उपलब्ध गराउँदै आएको बससेवा डटकमले सञ्चालनमा ल्याएको यो एप्स्ले बस व्यवसायीहरूलाई सिट चार्ट व्यवस्थित गर्न तथा आपसमा समन्वय गर्न सहज हुनेछ । यो एप्स् प्रयोगपछि धेरै स्थानमा रहेका काउण्टरबाट बसको टिकट काट्दा सिट दोहोरिने समस्या हट्नेछ । यस्तै यात्रुहरुले पनि काउण्टरमा उपलब्ध कोटाको सिटमात्र काट्नुु पर्ने बाध्यताबाट मुक्ति पाउनेछन् । यो एप्स् प्रयोग गर्दा गाडिको कोटा छुट्याउनु नपर्ने र सुरूमा पुग्ने यात्रुले जुनसुकै काउण्टरबाट आफुले चाहेको सिट रोज्न पाउनेछन् । यसअघि धेरै स्थानमा रहेका बस काउण्टरहरूले फोन मार्फत् टिकट सूचीको विवरण सोध्नुपर्ने अवस्था भएपनि अब त्यो बाध्यता हट्नेछ । बस अपरेटरहरुले एप्समा नै टिकटकोे विवरण हेर्नमिल्ने, अपडेट गर्न सकिने हुँदा टिकटिङ प्रक्रिया निकै सहज र पारदर्शी हुने बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पर्शुराम खनालले बताउनुभयो । यातायात व्यवसायीले बससेवा डटकममा सम्पर्क गरि आफ्नो नम्बर रजिष्ट्र«र गराएर यो एप्स् प्रयोग गर्नसक्नेछन् । बससेवाले यातायात व्यवसायीको मोबाईल नम्बर रजिष्ट्रर गरिदिएपछि यातायातका व्यवसायी, कर्मचारि र सहयोगी सबैले यो एप्स् प्रयोग गरी सम्पूर्ण विवरण हेर्न सक्नेछन् । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ । इसेवा एकाउण्ट भएका ग्राहकले इसेवा मार्फत् र एकाउण्ट नभएको अवस्थामा नजिकको इसेवा, जोन, पोइन्ट, अनलाइन पेमेन्ट, तथा अन्य साइबर कम्युनिकेशनबाट टिकट काट्न सकिनेछ ।