कभर फोटो

धादिङमा ४२ सय विद्युत् पोल जीर्ण

By धादिङ न्यूज

April 08, 2016

धादिङ,  – धादिङमा विद्युत् उपयोगको इतिहास धेरै लामो नभए पनि जीर्ण पोलको संख्या निकै धेरै छ । जिल्लाका ३९ गाविस र १ नगरपालिकाका ४७ हजार परिवारले मात्र अहिलेसम्म विद्युत् सेवा पाएका छन् । विद्युत् सेवा पाएकाहरूले पनि निर्धक्क भएर उपयोग गर्न पाएका छैनन् । कारण हो, घरनजिक रहेको काठको पोल जीर्ण हुनु ।