कभर फोटो

धादिङ–पोखरा सम्पर्क मञ्चले प्रकाशन गरेको क्यालेण्डर विमोचन

By धादिङ न्यूज

April 09, 2016

पोखरा २७ चैत्र ।नयाँवर्ष २०७३ को अवसर पारि धादिङ–पोखरा सम्पर्क मञ्चले प्रकाशन गरेको क्यालेण्डर विमोचन गरिएको छ । सम्पर्क मञ्च पोखरामा रहेका एमाले निकट धादिवासीहरुको साझा संस्था हो । क्यालेण्डर विमोचन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव एवं युवा संघ नेपालका सचिवालय सदस्य रमेश आचार्यले गरेका थिए।  कार्यक्रममा बोल्दै उनले नयाँ संविधान निर्माणमा एमालेको भूमिका महत्वपूर्ण भएको बताए । अबको समय संविधान कार्यान्वयन को भएकाले त्यसैमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिंदै उनले सबै नेता र कार्यकर्ता एकजुट बनाएर एमालेलाई मुलुककै पहिलो पार्टी बनाउनुपर्ने खाँचो औंल्याए । राजनीतिक एवं सामाजिक गतिविधिमा एकजुट भएर अघि बढ्न धादिङवासीहरुलाई उनले आग्रह गरे । मञ्चका अध्यक्ष वेनी पाठकको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष कृष्णबहादुर लम्साल, कार्यक्रम संयोजक नवराज सापकोटा, नेकपा एमाले क्षेत्र नं. २ इलाका कमिटी अध्यक्ष वीरबहादुर थापा, एमाले इकाइ कमिटी पोखरा–९ का अध्यक्ष प्रकाश शर्मा, मञ्चका सचिव गोकर्ण अधिकारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । उक्त अवसरमा क्यालेण्डर तयार गर्दाको अनुभव राख्दै कार्यक्रम संयोजक नवराज सापकोटाले क्यालेण्डर प्रकाशनका क्रममा सहयोग गर्ने महानुभाव एवं विज्ञापनदाताहरुलाई आभार तथा धन्यवाद ज्ञापन गरे ।