प्रवास समाचार

साइप्रसमा लाईभ म्युजिक धमाका(भिडियो सहित)

By धादिङ न्यूज

April 12, 2016

माया लोप्चन तामाङ , साइप्रस /

               नेपाली नयाँवर्ष २०७३ को अवसरमा NRN Cyprus द्वारा आयोजना गरेको लाईभ म्युजिक धमाका कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

             आइतबार साइप्रसका लागि नेपाली महाबाणिज्यु दूत डा. रामजीवन पन्जियारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपालबाट आउनु भएका सेलो पपस्टार गायक रोज मोक्तानले साङ्गितिक प्रस्तुती दिनुभएको थियो । उहाँले आफ्ना बहुचर्चित हेलम्बुको बजारमा, कलकत्ते काइँयो लगायत दर्जनौं प्रस्तुतिहरुद्वारा मनोरन्जन दिनुभयो।

        नयाँ वर्षको अवसरमा आयोजना गरिएको उक्त शुभकामना आदानप्रदान कार्यक्रममा साइप्रसमा रहेका नेपाली स्थानिय कलाकारका साथै स्विटजरल्याण्डबाट आउनुभएका गायक सुभाष सुन्दास र संगीतकार रामु परियारले पनि आफ्ना बिभिन्न प्रस्तुतिहरु बाट भरपुर मनोरन्जन दिनुभएको थियो। NRN साइप्रसका अध्यक्ष शुबास मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ६०० भन्दा बढी दर्शकहरुको उपस्थिती रहेको थियो।कार्यक्रम पेन्थोन सिनेमा हल, निकोसियामा सम्पन्न भएको हो ।

         गायक मोक्तान आजै नेपाल फर्किसक्नु भएको छ ।

http://youtu.be/83wD2pkrMWc