अनलाइन / पत्रपत्रिकाबाट

एकको मृत्यु ५१ अस्पताल भर्ना, ‘फुड पोइजन’को महामारी फैलिएको अनुमान

By धादिङ न्यूज

April 28, 2016

मंगलवारको एक सामुहिक भोज खाएका नुवाकोटको काहुले गाउँ विकास समितिका नागरिकहरुमा महामारी सुरु भएको छ । एक जनाको मृत्यु भइसकेको छ भने ५२ जनाको अस्पतालमा उपचार भइरहेको छ । अन्य विरामीहरुलाई उपचारका लागि सदरमुकाम ल्याउने क्रम पनि जारी रहेको छ ।

मंगलवार काहुले वडा नं. ८ मा जन्मदिनको भोज खाएका सोही गाविसको वडा नं. ८ र ६ का नागरिकहरु हिजोदेखि विरामी पर्न थालेका हुन् । हिजो दिउँसोभरी गाउँमै जडिबुटी प्रयोग गरेर गाउँलेहरु बसेकोमा प्रत्येक घरमा रोग फैलन थालेपछि गएरातीबाट विरामीलाई सदरमुकाम ल्याउन थालिएको छ । अहिले जिल्ला अस्पताल त्रिशुलीमा ४१ जनाको उपचार भइरहेको छ भने विदुर स्थित सिटी अस्पतालमा ११ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।