कभर फोटो

कोलोराडोको लङमन्टमा नेपालीको सकृयतामा लायन्स क्लब गठन गरिंदै

By धादिङ न्यूज

May 23, 2016

नतिबाबु भट्ट कोलोराडो अमेरीका

कोलोराडो स्थित लङमन्ट सिटीमा स्थानीय नेपालीहरुको सकृयतामा सनीबार सम्पन्न एक भेलाले लायन्स क्लब गठन गर्ने निर्णय गरेको छ । स्थानीय एभरेष्ट रेष्टुरेन्टमा सम्पन्न एक भेलाले कर्म भुमी अमेरीका र जन्म भुमी नेपालको सामुदायीक बिकासको सहयोगार्थ लायन्स क्लब मार्फत गोलबन्द भएर जाने निर्णय गरेका हुन् । स्थानीय जोशन श्रेष्ठको सकृयतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब नेपालका डिष्टीक ३२५ ए वानका सल्हाहकार सुजन श्रेष्ठले क्लब गठन गर्न तयार गर्नुपर्ने पुर्वाधारहरु, यसका नियम कानुन तथा महत्व र सहभागीहरुको जिज्ञासालाई प्रष्ट्याएका थिए । कार्यक्रममा लायन्स क्लब पूर्व अध्यक्ष भुषणलाल श्रेष्ठले लगायत अन्य सहभागीहरुले आनो अनुभव सुनाएका थिए । सन् १९१७ मा अमेरीका चिकागोका एक ब्यापारीको सकृयतामा स्थापना भएको यस क्लबको संजाल अहिले बिश्वको २१० देशमा फिजिएको छ । कुनैपनि स्थानमा न्यूनतम २० जना सदस्य बनाए र सम्बधित डिष्टीकमा निवेदन दिएपछि यसको आधिकारीक प्रकृया अगाडी बढ्छ । भेलाले आगामी जुन ११ सम्ममा यसमा गोलबन्द हुन चाहने सबैलाई जानाकारी गराई सदस्यता संकलन गरि सोही दिन कार्य बिभाजन सहित क्लबको आधिकारिक प्रकृया अगाडी बढाउने निर्णय गरेको छ ।