कला /साहित्य /संस्कृति

गजल

By धादिङ न्यूज

May 30, 2016

-प्रकाश अर्याल धादिङ

ठूलो पहाड चढ्दै छु म चार दिन लाग्छ कतै हराभरा लाग्छ कतै मलिन लाग्छ

ति कुकुरहरुलाई देशको के चिन्ता हुन्थ्यो ? उनीहरुलाइ त महत्त्वपूर्ण खानपिन लाग्छ

दिनहुँ बलात्कृत भएका छन् चेलिबेटीहरु छोरी मारेको दिन बाउलाइ रंगीन लाग्छ ?

मेरो भाइ परदेशमा शौचालय सफा गर्छ उसलाई नेपालमा गाई पाल्न घिन लाग्छ

नेपाल अमुल्य खजानाको केन्द्र पो रहेछ कैले भारत पछि लाग्छ कैले चिन लाग्छ