हाम्रो पालिका

धादिङको माटोमा जन्मिएका चौध सर्जकलाई धादिङमा सम्मान

By Dhadingnews.com

June 15, 2013

धादिङ,१ असार ( धादिङन्युज)।  साहित्यकार  सम्मानमा पनि राजनैतीक भागबण्डा लगाएर साहित्यिक अभियानमा बिबादमा आएको धादिङ जिल्लामा धादिङ सिर्जना प्रतिस्ठान गठन भएपछी एउटा नयाँ परिपाटिको सुरुवात भएको छ , साहित्यकार दलको कार्यालयबाट हैन कार्यक्षेत्रबाट खोज्नु पर्दछ ।  धादिङको माटोमा जन्मिएर धादिङलाई चिनाउन कुनै कसर बाँकी नराखेका ति सबै सर्जकलाई सम्मान गरेर धादिङ सिर्जना प्रतिस्ठानले नयाँ उचाइ कायम गरेको छ ।

धादिङ जिल्लामा जन्मिएर साहित्य,कला र संस्कृतिको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याउंदै आईरहेका चौध जना सर्जकलाई शनिवार धादिङबेसीमा सम्मान गरिएको छ । साहित्यकार सम्मानमा राजनैतिक भागवण्डाका आधारमा व्यक्ति छनौट गरिएको बिषयमा असहमती राखेर धादिङ साहित्य समाजबाट अलग्गिएका साहित्यकारहरुद्धारा दुई बर्ष अघि गठन गरिएको धादिङ सिजर्ना प्रतिष्ठानले शनिवार एक भव्य कार्यक्रमका बिच ओझेलमा पर्दै गएका चौध जना सर्जकलाई सम्मान गरेको हो । धादिङ सिर्जनाको चयन ,ललितकला र संस्कृतिको उन्नयन भन्ने उदघोषका साथ धादिङ जिल्लामा साहित्य एवम सिर्जना संरक्षणका लागि अभियान संचालन गर्दै आईरहेको धादिङ सिर्जना प्रतिष्ठानले सर्जकहरुको सम्मानका लागि शनिवार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरेको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपती गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सर्जक अभिनन्दन समारोहमा सम्मानित हुनेहरुमा लेखक एवम सर्वोच्च अदालतका पुर्व न्यायधिश ज्ञाइन्द्रवहादुर श्रेष्ठ, कवि एवम प्राध्यापक घनश्याम कंडेल,प्राध्यापक एवम बरिष्ट समालोचक कृष्ण गौतम, लेखक एवम प्राध्यापक डाक्टर रामचन्द्र लम्साल संस्कृतिविद एवम बरिष्ट पत्रकार कमल रिजाल रहेका छन । त्यसैगरी सङ्गीतका क्षेत्रमा बिश्व किर्तिमान राख्न सफल गायक एवम सङ्गीतकार मथुरा श्रेष्ठ,कवि एवम हांस्यकलाकार शैलेन्द्र सिम्खडा,राष्ट्रिय वाजा संग्रहालयका संस्थापक संस्कृतिविद रामप्रसाद कंडेल, नरसिङगा वाजक नरे दमै,मुर्तिकार  सुषमा सिम्खडा,लोक गायक आसपुर तामाङ,धर्मराज सेढाई,लोक गायीका मैया कामी,बौद्ध लामा गुरु हुङ दोर्जे लामालाई पनि जिल्लामा जन्मिएर कला र संस्कृतिको संरक्षणमा उल्लेखनिय योगदान पु¥याएवापत सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दहालले वताउनु भयो   । चर्चित व्यङग्यकार ‘गाउंले’ बलदेव अधिकारीको संयोजकत्वमा रहेको चार सदस्यिय सर्जक छनौट समितिले जिल्ला र जिल्लावाहिर रहेर विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तिहरुसंग छलफल एवम अन्तरक्रिया गरी  अभिनन्दन गरिने व्यक्तिहरुको चयन गरेको हो । छनौट समितिमा उत्तम कंडेल,बाशु तिमिल्सिना र रामप्रसाद अर्याल सदस्य रहेका थिए । सम्मानित हुने सर्जकहरु मध्ये गजुरी गाविस वडा नम्बर ५ का आसपुर तामाङ सबैभन्दा जेष्ठ रहेका थिए । ९५ बर्षको उमेरमा समेत ठाडो भाकाको गित गाउन रुची राख्ने गरेका तामाङले जवानीको वेला राम्रो जोडी पाउंदा गित गाएर चौविस घण्टा विताएको स्मरण गराएका थिए । आंफुले माया प्रेमका साथै कृष्ण चरित्र ,रामायण लाई पनि ठाडो भाकामा गाउने गरेको तामाङले वताए । ‘सालको पातले यो बुढा हातले सबैलाई गर्छु नमस्कार ’भन्दै आसपुरले कार्यक्रममा ठाडो भाकाको गित गाएर आफ्नो भनाईहरु राखेका थिए । आंफुहरु धादिङको माटोमा जन्मिएर यहिंको माटोमा हुर्किएका कारण धादिङ जिल्लाले ढिलै भएपनि सम्झिएको भन्दै सम्मानित सर्जकहरुले खुसी व्यक्त गरेका थिए ।