मुख्य समाचार

नमुना वागेश्वरी बहुमुखी क्याम्पस बैरेनीको भवन निर्माण गरिने

By Dhading News

June 04, 2016

स्नातक तह सम्मको पढाई संचालन हुंदै आईरहेको धादिङको बैरेनी गाविसमा रहेको नमुना वागेश्वरी बहुमुखी क्याम्पस बैरेनीको भवन निर्माण गरिने छ । भवन निर्माणका लागि त्रिभुवन विश्व विद्यालय केन्द्रिय अनुदान आयोगले क्रमागत योजना अन्र्तगत चालु आर्थिक बर्षका लागि २५ लाख र आगामी बर्षका लागि १२ लाख अनुदान दिने भएको छ । आयोगको अनुदान र स्थानीय समुदायको अग्रसरतामा क्याम्पसको १२ कोठे पक्की भवन निर्माणका लागि छिट्टै भवन निर्माण समिति गठन गरी पक्रिया अघि बढाउने तयारी भईरहेको क्याम्पस प्रमुख बलराम खतिवडाले जानकारी दिनु भयो । वैरेनी गाविस ९ बैरेनी वजार स्थित वागेश्वरी उच्च माविबाट संचालन भईरहेको क्याम्पसले बैरेनी–८ डल्टारमा घडेरी खरिद गरेकाले नयाँ भवन क्याम्पसको आफ्नै जग्गामा वनाईने वताईएको छ । गाउंमै क्याम्पस खुलेपछि आर्थिक अभावका कारण अन्य शहरमा गएर पढ्न नसक्नेहरुले घरमै बसेर उच्च शिक्षा अध्ययन गर्ने सुविधा पाएका छन ।