घटना /दुर्घटना/ अपराध

सर्पको डसाईबाट शिक्षक रामबहादुर रिजालको ज्यान गयो

By धादिङ न्यूज

June 11, 2016

धादिङ,२९ जेठ : धादिङको सल्यानटार गाविसमा सर्पले डसेर एक शिक्षकको ज्यान गएको छ । उत्तरी धादिङमा पर्ने सल्यानटार गाँउ विकास समिति वडा नं ४ बस्ने रामबहादुर रिजाल खेतमा धान गोड्नका लागि छिमेकमा खेताला भन्न हिडेको बेला शुक्रवार सांझ ७ वजे तिर सर्पले डसेर बेहोस भएपछि उपचारका क्रममा राती १ वजे तिर ज्यान गएको  प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारले जनाएको छ । साँझ ७ वजे तिर सर्पको डसाईबाट वेहोस भएका रिजाललाई घर परिवारका सदस्य र आफन्हरुले तुरुन्तै उद्धार गरी उपचारका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र पु¥याएका थिए । तराईका जिल्लामा सर्पदंश उपचार केन्द्र भएपनि पहाडी भेगमा भने यस्तो सुविधा नहुंदा बर्षेनी सर्पको डसाईबाट धेरैको ज्यान जाने गरेको छ । मृतक रिजाल रानीपौवा उमावि सल्यानटारका शिक्षक हुन ।