अनलाइन / पत्रपत्रिकाबाट

भारी बर्षा अझै केही दिन, सचेत रहन मौसमविदको आग्रह

By धादिङ न्यूज

July 26, 2016

तिब्बती क्षेत्रबाट आएको वायुको ठूलो ढिक्काका कारण केही दिन नेपालको पश्चिमी क्षेत्रमा भारी बर्षा हुने र यसबाट बाढी पहिरो र डुबानको समस्या हुनसक्ने भन्दै मौसमविदले सचेत रहन आग्रह गरेका छन् ।एक हप्तायता लगातार वर्षा हुँदा पूर्वदेखि पश्चिमका सबै भागमा यसको असर परिरहेको छ । नेपालको वायुमण्डलबाट मनसुनी वायुको रेखा दक्षिणतिर(भारततर्फ) सरेको र त्यसका स्थानमा तिव्बतबाट अर्को वायुको ठूलो ढिक्का नेपाली वायुमण्डलमा प्रवेश गरेकाले पश्चिम नेपालतर्फ अझै लगातार भारी बर्षा हुने अनुमान गरिएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ  ।

काठमाडौं, ११ साउन-