हाम्रो पालिका

नेपाल राष्ट्रिय शिक्षक संगठनको महासचिवमा धादिङ कुम्पुरका लक्ष्मण शर्मा निर्वाचित

By Dhadingnews.com

June 16, 2013

आदमटार,२ असार ( धादिङ न्युज)/ नेपाल राष्ट्रिय शिक्षक संगठनको महासचिवमा धादिङ कुम्पुरका लक्ष्मण शर्मा निर्वाचित हुुनुभएको छ  । काठमाण्डौमा गत जेठ २८ गते देखि ३० गते सम्म सम्पन्न संगठनको ११ औं अधिबेशनले शर्मालाई महासचिवमा चयन गरेको हो । महासचिव पदका अर्का उम्मेदवार झापाका विनोदानन्द झा भन्दा १२ मत बढी ल्याएर शर्मा महासचिवमा निर्वाचित हुनुभएको हो । अधिबेशन अघि झा कोन्द्रीय कोषाध्यक्ष हुनुहुन्थ्यो भने शर्मा केन्द्रीय सदस्य हुनुहुन्थ्यो । कुम्पुर गाविसको आदमटारमा रहेको सत्यवती उच्च माविमा द्धित्तीय श्रेणी बिज्ञान बिषयको शिक्षकका रुपमा कार्यरत शर्मा उक्त बिद्यालयको प्रधानाध्यापक समेत हुनुहुन्छ । २०४६ सालबाट शिक्षण पेशामा लाग्नु भएका शर्मा सोही बर्ष देखि संगठनमा आवद्ध हुनुभएको थियो । २०४९ सालमा संगठनको जिल्ला समिति सह सचिवको जिम्मेवारी सम्हाल्नु भएका शर्माले २०५३ सालमा जिल्ला अध्यक्ष,२०५६ मा दोश्रो कार्यकालको लागि पुनः जिल्ला अध्यक्ष,२०६० सालमा नेपाल शिक्षक युनियनको जिल्ला तदर्थ समितिको संयोजक,०६१ मा युनियनको प्रथम जिल्ला अध्यक्ष हुंदै २०६५ सालदेखि युनियनको केन्द्रीय सदस्य पदमा कार्यरत हुनुहुन्थ्यो । ‘शिक्षामा स्तरबृद्धि,साझा शिक्षक युनियन’ आफ्नो लक्ष्य भएको शर्माले वताउनु भयो । संगठनको महासचिव हुनेमा शर्मा धादिङको दोश्रो व्यक्ति हुनुहुन्छ । यस अघि धादिङकै  बिष्णुकुमार श्रेष्ठले संगठनको महासचिव र रामप्रसाद अधिकारीले सचिव पदको जिम्मेवारी सम्हाली सक्नु भएको छ ।