्
काठमाडौं । सरकारले भूकम्पपीडितलाई दिने अनुदान बढाउने भएको छ । भूकम्प पीडितलाई एक लाख रुपैयाँ अनुदान थप्ने तयारी भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले संसद्को विकास समितिको बैठकमा जानकारी दिएका छन् । “पाँच लाख रुपैयाँ भयो भनेमात्र भूकम्प प्रतिरोधी घर बन्छ भन्ने लागेको छ । त्यसैले एक लाख थप्ने तयारी भइरहेको छ । केही दिनमै यसबारे निर्णय हुन्छ,” बैठकमा दाहालले भने । पुर्निर्माणले गति लिन नसकेको स्वीकार गर्दै उनले काम गर्ने तरिका, संरचना, नीतिनियम आदिले अपेक्षाकृत सफलता हात नलागेको बताए । अहिलेसम्म २ लाख ७५ हजारले पहिलो किस्ताको अनुदान रकम पाइसकेको जानकारी दिँदै प्रधानमन्त्रीले सरकारको मुख्य काम नै पुनर्निर्माण भएको दाबी गरे । “मुख्य सचिवलाई चाँडो काम गर्नुपर्यो भनिरहेको छु, दाताहरुसँग पनि कुरा भइरहेको छ,” उनले भने । बैठकमा प्रधानमन्त्रीले फाुगन¬ चैतमा स्थानीय निर्वाचन हुने बताए । “भदौभित्र कानुन निर्माण गरिसकेर राजनीतिक सहमतिका साथ अघि बढ्ने हो । जसरी संविधान बन्दा राजनीतिक समझदारी थियो, अब पनि जरुरी छ,” उनले भने, “दलहरुबीच अस्वस्थ प्रतिस्पर्धा भयो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ ।” – बाह्रखरी