प्यारी छोरी , शुभाशिर्वाद ।
छोरी तिमी सकुशल नै छौ होला। अनि हामीलाई पनि राम्रै छ। छोरी तिमी अमेरिका गएको पनि यतिका समय भइसक्यो। अब त त्यहाँको रहनसहन, चालचलन अनि हावापानीसंग तिमी पनि परिचित भैसक्यौ हौली। अँ साँची अब त तिम्रो जन्मदिन पनि नजिकिदै छ।तिमी अब पाँच वर्ष पूरा गरि छैटौं वर्षमा प्रवेश गर्दैछौ। त्यसपछी त तिम्रो स्कुले जीवनपनी त सुरु हुन्छ! अब त तिमी पनि धेरै नै कुरा बुझ्न सक्ने भैसकेकी छौ। स्कुल गैसकेपछी त झनै तिमीले धेरै भन्दा धेरै कुराहरु सिक्न सक्छौ। तिमी हुर्केको बढेको ठाउको कुरा त हामीलाइ भन्दा पनि धेरै तिमिलाइ नै थाहा हुनेछ। तर छोरी तिमिलाइ तिमी जन्मेको ठाउँ (नेपालको) बारेमा भने निकै कम मात्र थाहा होला। तसर्थ आज म तिमीलाई यहाको वारेमा केही भन्न चाहन्छु।
अहिले तिमी विस्वकै सम्पन्नशाली मुलुक अमेरिकामा भए पनि तिम्रो मातृभुमी यहि सानो सुन्दर अनि बहुजाती, बहुभाषि,अनि बहुसंस्कृति बोकेको सगरमाथाको देस नेपाल नै हो।त्यसैले हामी यो चाहन्छौं कि तिमी बिस्वको जुनसुकै कुनामा भए पनि आफ्नोपन लाई कहिल्यै नभुलेस। आफ्नो,देस,आफन्त,चालचलन र संस्कृती कहिल्यै नबिर्सेस। पिजा,बर्गर अनि म म र चाउमिन पनि खाउ छोरी तर नेपाली ढिडो र गुन्द्रुकलाइ तिरस्कार नगर्नु। तिमी बसेको देसमा उकालो ओरालो नहुन सक्छ। धुलो मैलो नहुन सक्छ,त्यो देसमा राम्रै लाउने मिठै खाने अनि सुखै पाउनेको संख्या धेरै छ होला। कुनै दिन तिमी पनि तिनै सुख पाउनेको दर्जामा गनिन सक्छौ। त्यतिखेर आफ्नो देसमा पसिना गन्हाएका दुखी, गरिव अनि धुला मैला लाई देखेर खिसी कहिल्यै नगर्नु। त्यतिखेर यो बुझ्नु कि छोरी नेपाली संग धन नभए नि नेपालीमन छ।हाम्रा पिता पुर्खाले यसैगरी हामिलाइ जन्माइ हुर्काइ गरेका हुन। यसै माटोमा हाम्रो पुर्खाको रगत मिसिएको छ। त्यसैले छोरी तिम्रो आफ्नै घर गाडी ब्यबसाय जे जे भएपनी तिम्रा बाबा ममि लाई जन्माएर हुर्काएर गर्ने तिम्रो हजुरबुबा हजुरामाले चुवाउनुभएको पसिना र त्यसको गन्धको कहिल्यै उपेक्षा नगर्नु । मेहनतको फल सधै मीठो हुन्छ। मेहनत गर्नु असाध्यै कठिन पनि छ।त्यसैले छोरी आफ्नो पसिनामा रमाउनेको सधै सम्मान गर्नु। तिमी बसेको देसमा चारैतिर झिलिमिली छ। कुनै पनि कुराको अभाव अनि दुखको सामना गर्न पर्दैन। बत्ती ,पानी सडक,स्कुल,कलेज,अस्पताल जता गएपनि ब्यबस्थित छ। शान्त छ। स्वच्छ छ। साथसाथै तिमीबसेको ठाउमा श्रमको उच्च कदर पनि छ। बालबालिका र बुढाबुढी अनि अपांग र अशक्त लाई बिशेश प्राथमिकता मा राखिन्छ। आशा छ छोरी यसै बाट तिमिले यौटा राम्रो शिक्षा सिक्न सक्ने छौ। अनि तिमी भित्र भएका हर प्रतिभाहरुलाइ सहि ठाउमा खर्चने छौ ।
हरेक मान्छे उमेर, जवानी ,रुप र धनले मात्र राम्रो हुन सक्दैन। मान्छे ठूलो हुन त उ भित्र लगनशीलता, व्यबहारिकता, सहनशीलता, बहादुरीता, भद्र अनि शालिनता पनि चाहिन्छ। त्यसैले छोरी तिमी आफुभित्र जस्तोसुकै प्रतिभा बढाउन सक्छौ। यस्ता खाले काम जे गर्न पनि सक्छौ। बिस्वको जुनसुकै भाषा सिक्न र बोल्न पनि सक्छौ,तर नेपाली भाषालाइ कहिल्यै पनि नबिर्सनु। जुनसुकै कपडा लगाउ छोरी तिमी तर हाम्रो नेपाली पहिचानलाइ भुलेर आफ्नो मर्यादा र अस्मिता लाई बिर्सेर छोटा अनि आफुलाइ अर्धनग्न तुल्याउने कपडा कहिल्यै प्रयोग नगर्नु। ता कि छोटा पहिरनले तिम्रो अस्तित्व कहिल्यै जगाउदैन।हामिले छोपेर हिडेका अंग छोपेकै राम्रो हुन्छ छोरी । तिम्रो बाबा र ममिले सिकाउने नेपालिपन, रहनसहन, संस्कृति र चालचलनको सधै सिरोपर गर्नु। तिमी जुन तह र तप्कामा पुगेपनि तिमीलाइ जन्मदिने बाबा ममि र शिक्षा दिने गुरु भन्दा तिमी माथी कहिल्यै हुनेछैनौ। आफुभन्दा ठुलालाइ आदर अनि सानालाइ माया गर्न सिक। उमेर बढ्दै जादा तिम्रो इच्छा,आकाक्षा र चाहनाहरुपनि बदलिदै जानेछन। समय अनुसार आफुलाइ सधै परिवर्तनशिल राख। कर्तव्य र अधिकार तिम्रो जीवनको दुई किनाराहरु हुन। यसलाइ संगसंगै अगाडि बढाउन सिक। अन्याय र अत्याचार सहनुपनी अपराध हो,तसर्थ यसको निराकरण गर। फलेको हागो झुक्छ छोरी त्यसैले गम्भीर हुन सिक। जिन्दगीमा पढाइलेखाइको महत्व त यसै छदैछ त्यो भन्दा धेरै जीवनमा ब्यबहारिकताको खाचो छ। तिमीले जति नै सुकै ऐश,आराम, र सुख सयलको जिन्दगी जिएपनी दुखिहरुलाइ सधै माया गर्नु। त्यसै बाट तिम्रो भलो हुनेछ। जिवनमा अघि बढ्न सधै अगाडि नै हेर्नुपर्दछ।तर छोरी आफुले हिडिसकेको बाटोहरु लाई पनि भुल्नु हुदैन।मान्छे जन्मदै कोहि ठूलो हुदैन,त्यसैले सबैलाइ एकपटक अवसर दिनुपर्छ। जिन्दगिमा खराब मान्छेहरुको संगत कहिल्यै नगर्नु। किनकी बोरा मा भएको एउटै कुहिएको आलुले सिङै बोरा आलुलाइ कुवाउछ। त्यो देसमा डिस्को डान्सको जति अस्तित्व छ, त्यति नै महत्व हाम्रो रोधी र झ्याउरेको पनि छ। त्यसैले मैले अघिनै पनि भनिसके छोरी ,आफ्नो जननी र जन्मभुमिको मोह कहिल्यै नभुल्नु। तिमीलाइ शुभाशिर्वाद।
आज धेरै भने छोरी । यी कुरालाइ सधै मनमा राख्नु। सधै ब्यबहारमा उतार्नु। बाकी कुरा अर्को पत्रमा।
उहीँ तिमीलाइ माया गर्ने ममि सम्झना अर्याल