हाम्रो पालिका

स्वर्गमा एक दिन

By Dhading News

September 30, 2016

–सरोज पौडेल

त स्वर्ग जान्छस किनर्क ? ढोकामापालेले सोध्यो,म स्वर्गमाजान चाहान्छु । एकाएक मेरोमुख वाट निस्कियो । अहो झसगं भए स्वर्ग र नर्कको कुरा कहावाट आयो ? मैले पालेलाइ सोधे स्वर्ग र नर्कको कुरा कहाँवाट आयो ?पालेले जवाफदियो, तपाइकोआज रातिनिधनभएको छ, तपाइअहिले प्रवेशद्धार मा हुनुहुन्छ । तपाइको लागिविशेष व्यवस्थागरिएको छ, तपाइआफ्नो इच्छा अनुसार स्वर्ग वानर्कको वाटो तय गर्न सक्नुहुन्छ । मलाइ मेरो मृत्युको वारेमा केहि कुरा गर्नुछ कोसगं गर्न सक्छु ?पालेले यमराज सगं कुरा गर्न सक्ने जनाउदिए । अलिकतिभएपनि सास आयो । मैले पालेलाइआग्रह गरे कहाँ भेटन सकिन्छ यमराजलाइ , मलाइ भेटाइदिनु पर्यो । पालेले तत्कालखल्तिमा रहेको आइफोन निकाले र यमराजलाइफोन लगाए । यमराजहजुरलाइ भेटनपर्यो रे अघि तपाइले छाडेर जानुभएको केटालाइ । म भेटन सक्दिन , वरु भिडयो च्याट गराइदे , उतावाट यमराजको जवाफआयो । पालेले तत्कालझोलावाट आइप्याड निकाल्यो इन्टरनेट कनेक्सनगर्यो , स्काइपखोल्यो र यमराजलाइ स्काइप च्याटको लागि अनुरोध पठायो । उतावाट यमराजवोले, अ भन केटा तेरो के भन्नु छ ? के मेरो साच्चिकै मृत्यु भएको हो र ? मैले सोधे । के त ख्यालख्यालमायहाँआइपुगिस त, हो तलाइ मैले पृथ्विवाट उठाएर ल्याए । मेरो के गल्तिथियो र यति चाडै उठाइएर ल्याउनुभो ? म जान्न चाहान्छु । तेरो वारेमायहाँ झण्डै १००० उजुरी फेसवुक , इमेल र फोन मार्फत आएका छन । मेरो वारेको उजुरी ?म अचम्मितभए, त्यसमाथि १ हजार भन्दा वढि उजुरी ? के को वारेमा? त वारेमाप्राप्तउजुरीहरुको ठुलो फोल्डर नै वनेको तेरो इमेलमा पठाइदिन्छु सवै पढेस, आफै थाहा पाउछस । यमराजको च्याट कनेक्सन काटियो । मैले पालेलाइ अनुरोध गरे , मेरो इमेल चेक गर्नुपर्यो । पालेले उताकुनातिरको कम्प्युटर देखाउदै भन्यो , तिमीहरुको लागिप्रयोग गर्ने कम्प्युटर उता छ, त्यहिप्रयोग गर । ओहो स्वर्गको इन्टरनेट त कति फास्ट रहेछ, मनमनै चित परे । मेरो वारेमाआरोप लगाउनेहरु को को छन र के के आरोप लगाएका छन भन्ने जान्नु थियो मलाइ ,हतार हतार इमेल खोले, नभन्दै यमराजले सवै मेसेज पठाइदिएका रहेछन । मेरो लागिलगाइएकाअधिकाशं आरोपहरु सत्य थिए, जस्तै ः मैले भ्रष्टाचारको विरोध गरेको, अनियतिताको विरोध गरेको, नेपालमा पटक पटकहुने नेपालवन्दको विरोध गरेको, विकास निर्माणमा हुने अनियमितताको विषयमाकलमचलाएको, नेताहरुको चाकडि र चाप्लुसि नगरेको, घुस खानेहरुको वारेमाकलमचालएको , यस्तै यस्तै । के मैले अन्यायको विरोध गर्नु मेरो गल्तिथियो ? के पत्रकारितामार्फत यी कुराहरुको वारेमाकलमचलाउनु गलतथियो ?आफैलाइप्रश्न गरे । सवै आरोपहरु एकएकगरि पढिसकेपछि इमेल साइनआउट गरे । एकपटक फेसवुकखोल्ने रहर लाग्यो, फेसवुक खोले । ओहो मेरो मृत्युवारेमाकति धेरै स्टटास हरु पोष्ट भएछन । त्यहि स्टाटस मध्यको एउटा स्टाटस थियो, त्यहि भ्रष्टाचारी नेताको ,जसले मेरो वारेमा यमराजलाइउजुरी हालेको थियो । उसले आफ्नो स्टटासमा लेखेको थियो यस्तो कलिलो उमेरमा दैवले चुडेर लग्यो । अरु पनिउजुरीकर्ताहरुको स्टाटस थिए , मेरो मृत्युवारेमा देखावटि शोक गर्दै लेखिएका । टुइटर खोले , टुइटरको टाइमलाइनमा पनि मेरो मृत्युवारेमा लेखएका टुइटहरु थिए ।कसैले अत्यन्तदुखितभएको लेखेकाथिए, कसैले के , के अनेक थरी कुराहरु पोष्ट गरिएकाथिए । स्वदेश वाट मात्रहोइनविदेशी साथीहरुले पनि मेरो मृत्युको वारेमादुखलागेको कुरा पोष्ट गरेकाथिए । एक मनले त खुसीमान्यो, ओहो जिवनमा मैले कत्ति धेरै साथिहरु कमाएछु ।जिवनमाअहिलेसम्मपाउननसकेको सम्मानकाशव्दहरु थिए, मनमनै खुसि लाग्यो । मेरो मृत्युको वारेमा लेखिएकाअनगिन्ति स्टाटसहरु त पढे, तर पनिमलाइ मेरो मृत्युको कुरा पत्याउनगारो भइरहेको थियो । के साच्च्किै मेरो मृत्यु भएकै हो त ?यसो दायाँवायाँ हेरे, ठुलो अक्षरमा स्वर्ग लेखिएको थियो । अनलाइनहरु खोलेर हेरे त्याहापनि मेरो मृत्युभएको समाचारहरु लेखिएको थियो । एकाएक घरको यादआयो ,ओहो घरमापो के के गर्दै होलान? मेरो मृत्युमा घरकामानिसहरु र आफन्तहरु कति रोए होलान? मेरा साथिभाइ के गर्दै होलान? मेरो मृत्युपछि के गर्दै होलान, जान्न मन लाग्यो ।एकाएक कम्प्ुटरमा एउटा भिडियो आयो, जसको विचमा एउटा चिताजलिहरेको थियो, छेउछेउमा केहि व्यक्तिहरु रोइरहेकाथिए, केहि चिनेका जस्ता लाग्ने केहि नचिनेको जस्ता लाग्ने । त्यहा एउटा अनुहार प्रष्ट थियो ,त्यहि नेताको जो भ्रष्टाचारी थियो, र उसको विरोधमाकलमचलाउदा यमराजलाइ मेरो विरोधमा मेल गरेको थियो , त्यहाँति नेता मेरो वारेमा भाषण गर्दै थिए, देशको एक होनहार व्यक्तित्व, निडर अनि परिश्रमीव्यक्तित्वजो आजहाम्रो माझमाहुनुहुन्न….यस्तै यस्तै…. भिडियो हरायो, शायदत्यहा मेरो लास जलिरहेको थियो । त्यहिक्रममाविद्यालय र कलेजमा पढाउने सरहरु, सगैं कामगर्ने साथिहरु, अफिस यस्तै यस्तै यादहरु आइरहेकाथिए, एक्कासीयादहरु धमिलो भएर आयो । पृथ्विको सवै यादहरु एकाएक हरायो, पछि थाहापाए, स्वर्गको नियमअनुसार पृथ्विको कुराहरु दिनमाजम्मा ५ मिनेटमात्रै सम्झिन सकिने रहेछ । अरु समयत्यहिको वातावरणमा घुलमिल हुनुपर्ने रहेछ । नेटएकाएकवन्दभयो, वातावरण नै अर्कै भयो । आहाकत्ति राम्रो वगैचा, थरिथरिकाफुल, स्वर्ग साच्चिकै सुन्दर थियो , अप्सरा हरु नाचगानमाव्यस्तथिए । अर्कोतिर मिष्ठान्न परिकारहरु पाक्दै थिए, कोइ खादै थिए, यस्तै चलिरहेको थियो स्वर्गमा ।अलि परतिर हेरेको, मदन भण्डारी, विश्वेश्वरप्रसादकोइराला, पुष्पलाल, मनमोहनअधिकारी, पृथ्विनारायण शाह र विरेन्द्र शाहगफगर्दै रहेछन ।सवै हतास जस्ता देखिन्थे , उनिहरुको अनुहारमाखुसिको अलिकतिमात्रापनिथिएन । निन्याउरा, त्यसै त्यसै झोक्रिएका जस्ता ,अलिपरवाट कुरा सुने, नेपालको अहिलेको अवस्थाले चिन्तित रहेछन उनिहरु, सवै एकै स्वरमाभन्दै थिए, नेपाल कस्तो वनाउनखोजियो खोइ कस्तो वन्यो कस्तो ?धेत सकिएन ।