हाम्रो पालिका

अन्तरपार्टी महिला सञ्जाल धादिङको जिल्ला कार्य समिति पुर्नगठन,पुर्नगठित कार्य समितिको अध्यक्षमा सविता अर्याल

By Dhadingnews.com

June 17, 2013

धादिङ,३  असार (धादिङन्युज) । अलग अलग राजनैतिक धारमा रहेर विभिन्न क्षेत्रमा सक्रिय रहंदै आएका  महिलाहरुको हक अधिकार र क्षमता विकासमा सहयोग पु¥याउंदै महिला माथि हुने सबै प्रकारका भेदभाव तथा हिंसा बिरुद्ध सक्रिय रहने उद्धेश्यका साथ क्रियाशिल अन्तरपार्टी महिला सञ्जाल  धादिङको जिल्ला कार्य समिति पुर्नगठन गरिएको छ । आईतवार धादिङबेसीमा सम्पन्न महिलाहरुको भेलाले सविता अर्यालको अध्यक्षतामा  १७ सदस्यिय अन्तरपार्टी महिला सञ्जाल धादिङको पुर्नगठन गरेको हो । पुर्नगठित कार्यसमितिको उपाध्यक्षमा सरिता थापा,सचिवमा नानु खांड, सह सचिवमा सीता श्रेष्ठ र कोषाध्यक्षमा कल्पना श्रेष्ठ,चयन हुनुभएको  छ । यसैगरी भेलाले कार्य समितिको सदस्यहरुमा बुद्धलक्ष्मी लामा,अम्बिका अधिकारी,भगवती पौडेल,गंगा श्रेष्ठ,शर्मिला विक,सुमित्रा सिंह,एशोदा अधिकारी,सिर्जना रिजाल,दिपा सिम्खडा चयन हुन भएको छ । कार्य समितिमा तीन जना सदस्य पछि थप गर्ने संजालको भेलाले निर्णय गरेको छ । भेलामा संजालका केन्द्रीय सदस्य सुप्रभा घिमिरेको प्रमुख आतिथ्य र बसन्ती झाको बिशेष आतिथ्य रहेको थियो । संजालका अध्यक्ष बुद्धलक्ष्मी लामाको अध्यक्षतामा भएको भेलालाई एकीकृत नेकपा माओवादीका जिल्ला नेता रामवहादुर भण्डारी, नेपाली कांग्रेसका सचिव भक्त लामा, नेकपा एमालेका जिल्ला सदस्य बेदवहादुर खांड,स्थानीय शान्ति समितिका पुर्व संयोजक बाशु तिमिल्सिना, नेपाल किसान संघका अध्यक्ष शिवराज गिरी, नेपाल शिक्षक संघका अध्यक्ष दीपक सिम्खडा , नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम वर्मा लगायतले सम्वोधन गर्नुभएको थियो । धादिङमा २०६५ सालमा संजालको गठन गरिएको थियो ।