अनलाइन / पत्रपत्रिकाबाट

बढी भाडा लिने ६८ गाडीबाट प्रहरीले गरायो पैसा फिर्ता

By धादिङ न्यूज

October 04, 2016

काठमाडौं : चाबहिल चोकमा बढी भाडा लिने ६८ वटा टाटा सुमोबाट सोमबार प्रहरीले पैसा फिर्ता गराएको छ। ओखलढुंगा, खुर्कोट, सोलुखुम्बु, खोटाङ र काँकडभिट्टा जाने यात्रुहरुबाट टाटासुमोले बढी भाडा असुलेपछि प्रहरीले उनीहरुबाट बढी लिएको भाडा फिर्ता गराएको हो थाहा खबरमा समाचार छ । । ‘चालक र सवारीसाधनलाई नियन्त्रणमा लिँदा चार सय यात्रु अलपत्र पर्ने भएपछि हामीले बढी भाडा फिर्ता लिई पठाएका हौं’, महानगरीय प्रहरी बृत्तका प्रमुख डिएसपी नवराज कार्कीले भने।  वीपी राजमार्गको बाटोमा चल्ने सवारीसाधनमा सरकारले भाडा नतोकेपछि सवारीसाधनहरुले जथाभावी शुल्क उठाउदै आएका थिए। झन दसैंको बेला आवश्यकता भन्दा बढी भाडा असुलेको थाहा पाएपछि कारवाही गरेको उनले जानकारी दिए। चावहिलबाट ओखलढुङ्गा, खुर्कोट, सोलुखुम्बु, खोटाङ र काँकडभित्ता जाने टाटासुमो तथा हायस गाडीले प्रति टिकटमा १ सय, २ सय र ४ सय रुपैयाँसम्म बढी भाडा लिएको पाइएको उनले जानकारी दिए।