ब्रेकिङ समाचार

दोलखामा ४.२ रेक्टरको भूकम्प -आसपासका जिल्लामा पनि झटका

By धादिङ न्यूज

October 07, 2016

गत बर्षको बैशाख १२ र त्यसपछिका दिनमा सयौं पटक आएको भुकम्पले घरवारविहिन भएका, परिवारका सदस्य गुमाएका, ज्यान अङ्गभङ्ग भएकाहरु अझै पनि भुकम्पको कारण पुगेको क्षतीले आहत भईरहेका छन । कति परिवार अहिले पनि घर नभएर अस्थायी टहरोमा बसेर दुःखका साथ दशैं मनाउने तयारीमा जुटिरहेको छ । गत बर्षको भुकम्पले गर्दा सहनुपरेको पिडालाई भुल्न नसक्नेहरुलाई त्रसित पार्दै शुक्रवार विहान दोलखा जिल्ला केन्द्र विन्दु भएर आएको अर्को भुकम्पले त्रसित पारिदिएको छ ।  असोज २१, २०७३ दोलखा : दोलखाको मैनापोखरी आसपासको क्षेत्रलाई केन्द्रविन्दू बनाएर शुक्रबार बिहान १० बजेर ३७ मिनेटमा  ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले यस भूकम्प ‘गोर्खा भूकम्प’ कै परकम्प रहेको जानकारी दिएको छ। भूगर्भ विभागका अनुसार  गत वर्षको वैशाखमा गएको ७ दशमलव ६ रेक्टर स्केलको प्रलयकारी भूकम्पपछि ४ रेक्टर स्केलभन्दामाथिका ४ सय ७० पराकम्‍प गइसकेका छन्। यसअघि असोज २ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको परकम्प गएको थियो।

नेपालमा दैनिक ४० वटा भूकम्प