मुख्य समाचार

आज देशैभरी टीका थाप्न जानेको घुइचो

By धादिङ न्यूज

October 12, 2016

बडादसैंको एघारौं दिन आजपनि मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी छ । दसैंको मुख्य दिन हिजो विजया दशमीबाट शुरु भएको टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम मुलुकका धेरै स्थानमा कोजाग्रत पूर्णिमासम्म चलिरहन्छ । पापमा अन्कुस लगाउने विश्वासका साथ आजको दिनलाइ पापान्कुस एकादशी समेत भनिन्छ । यसअघि सुनसान बनेका वजार तथा शहरी क्षेत्रशहरी क्षेत्रमा हिजो टिका लगाउने क्रमसंगै चहलपहल बढेको छ ।  बजारपसल समेत केहि खुल्न थालेका छन् । सडकमा सवारी साधनको संख्या समेत बढदै गएको  छ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीका साथै पृथ्वीराजामार्गको नौविसे, धार्के, महादेवबेसी,गल्छी,  बैरेनी,महेशदोभान, मास्टार,बेल्खु, आदमघाट, घाटवेसी, गजुरी,फुर्केखोला, मलेखु,सलाङघाट, वेनिघाट, चरौंदी, मझिमटार, हुग्दिखोला र मौवाखोला लगायतका सडक छेउका वस्ति र चोकहरुमा मा आज बिहानैदेखी टीका थाप्न जानेको घुइचो बढेको छ । देशका केही स्थान र समुदायमा भने हिजो एक दिन मात्रै टिका लगाउने चलन छ । कोजाग्रत पुर्णिमामा जमरा बिसर्जनसँगै दसैं सकिन्छ ।