कभर फोटो

दुर्घटनामा प्रहरी निरिक्षक थापाको मृत्यु

By धादिङ न्यूज

October 13, 2016

बैरेनी बजार – दशैं मानेर घरबाट काठमाण्डौं फर्कदै गरेका शशस्त्र प्रहरी वलमा कार्यरत प्रहरी निरीक्षक ध्रुव थापाको दुर्घटनामा परि ज्यान गएको छ ।

धादिङको बैरेनी गाविस ९ बैरेनी बजार स्थित पृथ्वीराजमार्गमा असोज २६ गते बुधवार दिउंसो भएको दुर्घटनामा परि शशस्त्र प्रहरीका प्रहरी निरिक्षक थापाको ज्यान गएको हो । काठमाण्डौंबाट चितवन जाँदै गरेको बा ७५ प २९६७ नंबरको मोटरसाइकल र तनहुंबाट काठमाण्डौं आउंदै गरेको बा ६९ प १७५५ नंबरको मोटरसाइकल एक आपसमा ठोकिंदा घाईते भएका बा ७५ प २९६७ नंबरको मोटरसाइकलका चालक धु्रव थापाको उपचारका क्रममा काठमाण्डौमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरिक्षक शरदप्रसाद खत्रिले जानकारी दिनु भयो । तनहुँ मरलुङ ४ निवासी थापा सशस्त्र प्रहरीका प्रहरी निरिक्षक हुन् । थापा शशस्त्र प्रहरी वलको दक्षिणकाली स्थित गणमा कार्यरत थिए । दशैं मानेर घरबाट काठमाण्डौं फर्कदै गरेका प्रहरी निरीक्षक थापाको दुर्घटनामा परि ज्यान गएको हो ।