मुख्य समाचार

प्रभावकारी वन्न सकेन नेपाल टेलिकमको इन्टरनेट सेवा

By धादिङ न्यूज

October 15, 2016

नेपाल टेलिकमको सेवा पुगेको धादिङ अधिकांश बस्तिमा दुर संचार सेवा प्रभावकारी वन्न नसक्दा उपभोक्ताहरु सास्ती खेप्न वाध्य भएका छन । धादिङ जिल्लामा केही समय यता नेपाल टेलिकमको इन्टरनेट सेवामा  निकै समस्या देखिन थालेको छ । जुनसुकै बेलामा पनि सुस्त गतिमा चल्ने इन्टरनेटको कारण संचार प्रविधिमा आधारित व्यवसाय,संचार गृह, संचारकर्मी र अन्य उपभोक्ताहरु मर्कामा पर्दै आईरहेका छन । नेपाल टेलिकमको इन्टरनेट सेवामा समस्या देखिएको छ। मोवाईल तथा लाईनबाट चल्ने इन्टरनेट नचल्दा सेवाग्राही हैरान भएका छन्।

एडिएसएल,टु जि, थ्रि जि,सिडियमए,वाईम्याक्स लगायतका कुनै पनि इन्टरनेट सेवा कछुवाको चालमा चल्दा तत्काल गर्नु पर्ने काम समयममै सम्पन्न गर्न नसकेको सेवाग्राहीहरु वताउंछन । एडिएसएल इन्टरनेट जोडेर सेवा दिंदै आएका उपभोक्ताले नेपाल टेलिकमको कार्यालयमा पुगेर तथा फोन गरेर मर्मतका लागि अनुरोध गर्दा पनि  टेलिकमबाट कुनै चासो नदिईएको बैरेनीका बाबु अधिकारी बताउंछन ।  जिल्लाको राजमार्ग क्षेत्रमा वितरित नेपाल टेलिकमको एडिएसएल सेवा महिनौ दिन देखि सुस्त चल्दै आएको भएपनि मर्मत गर्ने तर्फ टेलिकमले ध्यान नदिंदा सेवाग्राहीहरु सास्ती खेप्न वाध्य भएका हुन ।टेलिकमले दशैं तिहार र छठ पर्वका लागि भनेर फोन, एसएमएस र इन्टरनेट प्रयोगमा छुट योजना लागू गरेको छ।