कभर फोटो

सिर्डस धादिङको २२ औ स्थापना दिवश सम्पन्न

By धादिङ न्यूज

October 20, 2016

महादेबबेशी /चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज ( सिर्डस) धादिङको २२ औ स्थापना दिवश सम्पन्न भएको छ । ‘सभ्य र समृद्ध समाज निर्माणको लागि सस्थागत दिगो विकास’ भन्ने मूल नाराका साथ मनाईएको सस्थाको स्थापना दिवसमा सहभागीतामुलक सस्थागत क्षमता स्वबिश्लेषण कार्यशालाको आयोजना गरिएको थियो । कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष गोकर्ण रुपाखेतीको सहजिकरणमा सस्थाका अध्यक्ष मेघ वहादुर तामाङको अध्यक्षतामा सस्थाको बिभिन्न पक्ष बिधिको शासन, पारदर्शिता र जवाफदेहिता, सहभागीता र स्थानिय स्रोत , नेतृत्व , कार्यदक्षता र प्रभावकारीता , आर्थिक व्यवस्थापन दिगोपना , सञ्चाल र सिकाई दस्तावेजीकरणका सूचकलाई आधारमानि सस्थाका पदाधिकारी , साधारण सदस्य, कर्मचारी र लक्षित समुदायको समेत सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सुभारम्भ सस्थाका सबै सहभागहिरुले सामुहिक रुपमा स्थापना दिनको स्मरण गर्दै आगामी दिनमा सस्थाको दिगो बिकासका लागि स्रोत केन्द्र निर्माणमा सक्दो सहयोग गर्ने संंकलनको प्रतिवद्धता गदै वाँकी सहयोगी निकायमा पहल गर्ने र आगामी अर्धबार्षिक समिक्षा कार्यक्रम आफ्नै स्रोत केन्द्रमा गर्ने निश्कर्ष निकाल्दै समापन भएको थियो ।