मुख्य समाचार

नेपालमा भारतीय रुपैयाँ सट्टापट्टा तथा कारोबार बन्द

By धादिङ न्यूज

November 09, 2016

 

काठमाडौं कार्तिक २४, -भारत सरकारले आफ्नो देश भित्र भारु ५ सय र १ हजारको नोट चलाउन रोक लगाएपछि त्यस्को असर नेपाली अर्थतन्त्रमा पनि परेको छ । भारत सरकारले भारु ५ सय र एक हजारको नोट चलाउन रोक लगाउने निर्णय गरेको २४ घण्टा नवित्दै नेपाल राष्ट्र बैकले पनि भारु कारोवार तत्काल रोक्न बैक तथा वित्तिय संस्थाहरुलाई निर्देशन जारी गरेको छ ।  नेपाल राष्ट्र बैंकले भारतीय ५ सय र एक हजार नोटको कारोबार तत्काललाई रोक्न बैंक तथा वित्तिय संस्थाहरुलाई लिखित निर्देशन दिएको छ । भारत सरकारले ५ सय र १ हजारका नोटमा प्रतिबन्ध लगाएलगत्तै नेपालको केन्द्रीय बैंकले पनि कारोबार रोक्न निर्देशन दिएको हो । योसँगै तत्काललाई नेपालमा भारतीय रुपैयाँ सट्टापट्टा तथा कारोबार बन्द भएको छ । हाल विभिन्न बैंक तथा वित्तिय संस्था तथा सर्वसाधारणसँग रहेको भारतीय नोटबारे भारतीय केन्द्रीय बैंकसँगको छलफलपछि मात्रै टुङ्गोमा पुग्ने राष्ट्र बैंकका प्रबक्ता नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो । राष्ट्र बैंकसँग हाल करिब २ लाख भारतीय रुपैयाँ रहेको छ । अन्य बैंक तथा वित्तिय संस्थासँग भएको भारु नोटका बारेमा भने जानकारी आउने क्रममा रहेको पौडेलले बताउनुभयो । खुल्ला सिमानाका कारण नेपालीहरुले भारतीय तथा नेपाली वजारमा समेत  खुल्ला कारोबार हुने भएका कारण सर्वसाधारणसँग पनि भारतीय रुपैयाँ हुने भएकाले यसबारे राष्ट्र बैंकले छिट्टै आवश्यक निर्णय राष्ट्र बैकले जनाएको छ ।