कभर फोटो

अमेरिकी इतिहासमा कसरी उदाए नयाँ राष्ट्रपति डोनाल्ट ट्रंप

By धादिङ न्यूज

November 10, 2016

शक्तिशाली देश अमेरिकाले नयाँ राष्ट्रपति पाउंदा संसारभर हलचल शुरु भएको छ । परिणाम आउनु १२ घण्टा अघि सम्म पनि हिलारीले राष्ट्रपति जित्ने निश्चित भईसकेको दावी गर्ने अमेरिकी संचार माध्यम,त्यहाँको स्वतन्त्र मत सर्भेक्षक र अन्य राजनैतिक बिश्लेषकहरु यति बेला आफ्नो अडकल गलत सावित भएकोमा निराश देखिन्छन । एउटा देशको राष्ट्रपति निर्वाचन हुंदा संसारभर तरंग आउनुमा अमेरिकाको बढ्दो प्रभाव,विश्व आतंकवाद, अमेरिकी अर्थतन्त्र, विदेश निति,आप्रवासीहरुलाई हेर्ने दृष्टिकोण लगायतका मुद्धाहरु नै हुन । धेरैको अडकललाई फेल खुवाउंदै नयाँ राष्ट्रपति बन्न सफल डोनाल्ड ट्रम्फ को हुन त ? उनको उदय कसरी भयो ? यस बिषयमा अहिले सबैको चासो बढ्दै गएको छ ।मेरिका जस्तो शक्तिशाली मुलुकले महिलालाई राष्ट्रपति स्विकार गर्न नसकेकै हो त यो पनि अहिले चर्चाको बिषय बनेको छ ।  आंफै आप्रवासी अमेरिकी भएपनि पछिल्लो समय अमेरिकामा बढ्दै गएको आप्रवासीहरुको प्रभावलाई कम गर्न उनले ल्याएका केही महत्वाकांक्षी योजनाहरुले अमेरिकीहरु ट्रम्पको पक्षमा लागेको हुन सक्ने अडकलवाजी गर्न थालिएको छ ।