ब्रेकिङ समाचार

  लघुवित्त कर्जाले लियो ज्यान

By धादिङ न्यूज

November 16, 2016

ग्रामीण भेगका विपन्नहरुको आर्थिक स्तर उकास्न सहयोग पु¥याउन भन्दै यति बेला गाँउ गाँउमा लघु बित्त सम्बन्धि काम गर्ने बैक तथा बित्तिय संस्थाको सञ्जाल विस्तार हुंदै गईरहेको छ । वाहिर बाट हेर्दा गरिवको सहयोगमा लघु वित्तहरुले काम गरे जस्तो देखिएपनि त्यस्को भित्री पाटो भने निकै फरक रहेको पाईएको छ । धादिङको  छिमेकी जिल्ला गोर्खामा एक चेपाङ महिलाले लघु वित्तकै कारण ज्इान गुमाउने परेपछि अहिले यो बिषयले निकै चर्चा पाउन थालेको छ ।                ताङ्लिचोक–९ भलायडाँडाकी ४५ वर्षीया दुनिमायाँ चेपाङले एक लघुवित्तबाट २० हजार रुपैयाँ कर्जा लिइन् । कर्जा किस्ताबापतको सात हजार रुपैयाँ खोज्दै गाउँगाउँ डुलिन् तर रकम जुटाउन नसकेपछि विष खाएर आत्महत्या गरिन् ।सोही गाउँकी विमला चेपाङले चारवटा लघुवित्तबाट कर्जा लिइन् । पति घरमा नभएका बेला भएभरको पाखोबारी बन्धकी दिएर आएको एक लाख २० हजार रुपैयाँले ऋण तिरेर उनी घरबार मात्र होइन, गाउँ नै छाडेर दोस्रो बिहे गरेर गइन् । लघुवित्तको ऋण तिर्न दुईवर्षे काखेसहित चार बच्चा र विदेशमा रहेका पतिको भविष्य डामाडोल बनाएर भागेको स्थानीय शिक्षक सीताराम घिमिरे बताउँछन् ।