उद्योग /व्यापार

गल्छीमा खुल्यो नेपाल बंगलादेश बैकको शाखा

By धादिङ न्यूज

December 18, 2016

सरकारले नयाँ शहरको परिकल्पना अघि बढाएर पुर्वाधार विकासका कार्यक्रम संचालन गर्न थालेपछि धादिङको बैरेनी गल्छीमा आर्थिक चहल पहलका कामहरु पनि बढ्न थालेको छ । पुर्वाधार विकासले गति लिन नभ्याउँदै बैक तथा बित्तिय संस्थाहरुले पनि गल्छीलाई रोज्न थालेका छन यसैक्रममा नेपाल बंगलादेश बैक (एनबि बैक)को शाखा गल्छीमा सञ्चालनमा आएको छ ।

नेपाल बंगलादेश बैंकले  गल्छीमा नयाँ शाखा संचालनमा ल्याएको हो । ३६ औ शाखा कार्यालयको रुपमा संचालनमा ल्याइएको सो शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले मंसीर ३० गते बिहीवार एक कार्यक्रमका बिच उदघाटन गर्नुभएको हो ।  शाखाको उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै बैकका प्रमुख कार्यकारी अधिकृत  ढुंगानाले गल्छि सहित एनबि बैंकको शाखा कार्यालय  देशभरीमा  ३६ पुगेको जानकारी दिनु भयो ।  यसै गरी बैकंले एक्सटेन्सन काउन्टर २ र ७ शाखारहित घरदैलोमार्फत पनि   सेवा प्रदान गर्दै आएको उहाँले बताउनु भयो ।

एनबि बैंकका ३५ एटिएम संचालनमा छन्।  चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले ३९ अर्ब ६० करोड निक्षेप संकलन गरेको छ भने यस अवधिमा बैंकको खुद नाफा साढे २२ करोड रहेको छ  बताईएको छ । गल्छीलाई कार्यक्षेत्र वनाएर संचालनमा आएको एनवि बैक यस क्षेत्रको दोश्रो वाणिज्य बैक हो । यस अघि बैरेनी गाविसकै बैरेनीवजारमा ग्लोवल आईएमई बैक संचालन रहेको छ भने गल्छीमा मुक्तिनाथ विकास बैकको शाखा मार्फत बैकिङ कारोवार हुंदै आईरहेको छ ।