कभर फोटो

प्याव्सन धादिङको अध्यक्षमा गोविन्द बुढाथोकी

By धादिङ न्यूज

December 24, 2016

निजी तथा आवासीय बिद्यालय अर्गनाईजेशन ( प्याव्सन ) धादिङको अध्यक्षमा गोविन्द बुढाथोकी सर्वसम्मतबाट चयन हुनु भएको छ । बुढाथोकी एडभान्स एकेडेमी धादिङबेसीको संस्थापक प्रिन्सिपल हुनुहुन्छ । 

शुक्रवार धादिङबेसीमा सम्पन्न प्याव्सनको सातौं अधिबेशनले बुढाथोकीको अध्यक्षतामा १३ सदस्यिय कार्य समितिको चयन गरेको हो । नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा भुवन त्रिपाठी,सचिवमा विश्वनाथ उप्रेती,कोषाध्यक्षमा दिनेश भट्ट,सह सचिवमा केदार पाठक र सह कोषाध्यक्षमा जयराम ढुंगाना चयन हुनु भएको छ । यसै गरी शिवकुमार श्रेष्ठ,मदन श्रेष्ठ,मीना प्रधान,सञ्चुमाया राई,टीका थपलिया,इश्वर बुर्लाकोटी र रामहरी अधिकारी कार्य समितिको सदस्यमा चयन हुनु भएको प्याव्सन धादिङले जनाएको छ ।