हाम्रो पालिका

नेकपा माअ‍ोवादी केन्द्र धादिङको अध्यक्षमा जमकट्टेल

By धादिङ न्यूज

January 09, 2017

नेकपा माअ‍ोवादी केन्द्र धादिङको अध्यक्षमा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय अध्यक्ष शालिकराम जमकट्टेल चयन हुनु भएको छ ।सम्मेलनले बरिष्ठ उपाध्यक्षमा राम बहादुर भण्डारी, सचिव  धनबहादुर बुर्लाकोटी र सहसचिवमा मनराज भण्डारी चुनिएका छन् । पुस २३ गते शनिवार देखि शुरु भई सोमवार धादिङबेसीमा सम्पन्न भएको केन्द्रको चौथो जिल्ला अधिबेशनले जमकट्टेलको अध्यक्षतामा ९९ सदस्यिय जिल्ला कमिटीको चयन गरेको हो । अध्यक्षमा चयन हुनु भएका जमकट्टेल यस अघि केन्द्रको धादिङ जिल्ला इन्चार्ज हुनुहुन्थ्यो ।