कला /साहित्य /संस्कृति

यो जिन्दगीको यात्रा………./गीत

By धादिङ न्यूज

January 12, 2017

राखी गौचन

गीत यो जिन्दगीको यात्रा तिमीले नै तय गरेपछि न त सके रोक़्न मैले मनको जंघार तरेपछि

यो मुटुको गहिराइ न तिमीले नाप्न सक्यौ साधा यो भावनालाई न रङ भर्न सक्यौ भए होलान गल्तीहरु ईश्वर म नि हैन बिश्वास हो माया हल्का मनले बुझिदैन

भत्किएको घर मेरो न तिमीले जोड्न सक्यौ निर्दयी रहेछ कती छिटै बाटो मोड्न सक्यौ अधूरा कती कुराहरू भन्न न चाहेको नी हैन उपहार दिन्छु त्यही ख़ुसी अरु केहि चाहिदैन

शब्द :राखी गौचन संगीत : नरेन्द्र प्यासी गायिका : सृजना लामा न्युयोर्क