हाम्रो पालिका

गरीब बिद्यार्थी पढाउंदै छोरीमाया प्रतिष्ठान

By Dhadingnews.com

June 22, 2013

केशव अधिकारी धादिङ,८  असार (धादिङन्युज)।  आर्थिक अभावका कारण बिचैमा पढाई छाड्ने अवस्थामा पुगेका पचास जना  बिद्यार्थीलाई एसएलसी सम्मको पढाई खर्च व्यहोदै आईरहेको छोरीमाया स्मृत्ति प्रतिष्ठानले  धादिङ र वारा जिल्लाका सत्र जनालाई शैक्षिक सामाग्री बितरण गरेको छ । गत बर्षवाट शुरु भएको शैक्षिक सहायता कार्यक्रम अन्र्तगत प्रतिष्ठानले शुक्रवार धादिङको वैरेनीमा एक कार्यक्रमको आयोजना गरी सत्र जना बिद्यार्थीलाई बिद्यालय पोशाक,कापी,कलम उपलव्ध गराएको हो । प्रतिष्ठानमा वाट छात्रवृत्ती पाउनेहरुमा २०६८ साल फागुन १८ गते काठमाण्डौको बबरमहलमा बम विष्फोटमा परेर ज्यान गुमाएका कृष्णवहादुर तामाङका दुई छोरा,छोरी र सोही घटनामा घाइते भएका सुनबहादुर तामाङका तीन छोरा छोरी समेत रहेका छन । प्रतिष्ठानवाट सहयोग पाउने गरीव तथा जेहेन्दार बिद्यार्थीहरुमा धादिङका १४ तनहुंका ३३ र वारा जिल्लाका ३ जना रहेका छन । बबरमहल विष्फोटमा परेर अपाङ्ग हुन पुगेका वारा रतनपुरीका सुनवहादुर तामाङका छोरी फुलमाया छोराहरु सुर्य र राजन भगवती निमावि रतनपुरीमा अध्ययनरत छन । यसैगरी बबरमहल घटनामा ज्यान गुमाएका धादिङ बैरेनीका कृष्णवहादुर तामाङका छोरी कमला र दीपेन्द्र तामाङ कार्कीडांडा किराञ्चोक उच्च माविमा अध्ययनरत छन । तामाङ परिवारका दुई सहित  कार्कीडांडा उच्च माविका  १० र अम्लेश्वर प्राविका एक गरी धादिङ जिल्लाका ११ जनालाई एसएलसी सम्मको पढाई खर्च आंफुहरुले व्यहोर्ने प्रतिष्ठानका कोषाध्यक्ष अनुशा अमात्य बताउंिछन । छात्रबृति पाउनेहरुमा कक्षा पांच देखि १० सम्म अध्ययनरत बिद्यार्थीहरु रहेका छन । छात्रबृत्ति पाएका बिद्यार्थी परीक्षामा अनुत्तिर्ण भएमा अर्को बर्ष बिद्यालयको सिफारिशमा नयां व्यक्तिले उक्त छात्रबृत्ति पाउने संस्थाले जनाएको छ । धादिङ र वारामा बबरमहल बम विष्फोटका पिडित तथा अन्य विपन्न परिवारका जेहेन्दार बिद्यार्थीको पढाईमा सहयोग पु¥याउंदै आईरहेको संस्थाले तनहुं जिल्लाको पांच वटा बिद्यालयका ३३ जना गरीब बिद्यार्थीलाई पनि पढाउन सहयोग गरिरहेको  प्रतिष्ठानका सचिव सुजाता श्रेष्ठले बताईन । छात्रबृत्ति सहयोग कार्यक्रम अन्र्तगत बिद्यार्थीको लागि बिद्यालय पोशाक एक जोर, बर्षभरीका लागि चाहिने कापी,कलम एकमुष्ट उपलव्ध गराउने कार्यक्रम अन्र्तगत शुक्रवार बैरेनीमा एक कार्यक्रमको आयोजना गरी धादिङ र वारा जिल्लाका सत्र जनालाई सामाग्रीहरु उपलव्ध गराईएको प्रतिष्ठानले जनाएको छ । सामाग्री बितरण कार्यक्रममा सम्वन्धीत बिद्यार्थी तिनका अभिभावक र शिक्षकहरुको पनि उपस्थिती रहेको थियो । प्रतिष्ठानको गरीब बिद्यार्थी सहयोग कार्यक्रमका लागि जर्मनमा रहेको अकाडिज इन्टरनेशनलले आर्थिक सहयोग उपलव्ध गराउंदै आईरहेको प्रतिष्ठानका सचिव श्रेष्ठ बताउंछिन । अकालमै ज्यान गुमाएकी आफ्नी आमा छोरीमाया श्रेष्ठको सम्झनामा प्रतिष्ठान स्थापना गरिएकोले आंफुहरुले अति गरीव तथा आर्थिक अभाव भएकै कारण बिद्यालय जानवाट बञ्चित भएकाहरुलाई पढ्नमा सहयोग गर्दै आईरहेको सुजाता वताउंछिन । प्रतिष्ठानले तनहुंको भिमादमा रहेको जनज्योती उच्च माविमा कम्प्युटर ल्याव स्थापना गरी गरीव बिद्यार्थीलाई कम्प्युटर शिक्षा दिन लागिरहेको वताएको छ ।