हाम्रो पालिका

धादिङमा वाईसिएल र दलित मुक्ति मोर्चाको अधिबेशन सम्पन्न, दुवै संगठनमा नयां नेत्तृत्व चयन

By Dhadingnews.com

June 23, 2013

धादिङबेसी,९ असार ( धादिङन्युज)÷एकीकृत नेकपा माओवादीको दुई वटा भात्तृसंगठनको दुई छुट्टा–छुट्टै स्थानमा सम्पन्न भएको बन्द सत्रले  नयां कार्य समितिको चयन गरेको छ । नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा धादिङको तेश्रो र वाईसिएल धादिङको दोश्रो जिल्ला अधिबेशनको शनिवार धादिङबेसीमा संयुक्त रुपमा उद्घाटन गरिएको थियो । अधिबेशनपछि बसेको वाईसियल धादिङको बन्द सत्रले चन्द्रबहादुर सिलवाल ‘मिलन’को अध्यक्षतामा ८१ सदस्यीय योङ कम्युनिष्ट लीग (वाईसिय)ल धादिङ जिल्ला कार्यसमितिको चयन गरेको हो । अधिबेशनले वाईसिएलको जिल्ला उपाध्यक्षमा सन्तोष सिटौला ‘सन्देश’ सचिव राम ढकाल ‘ऋत्तिक’, कोषाध्यक्षमा कुमार लामा ‘परिवर्तन’ र सह–सचिवमा सुरेश आलेमगर, राजेश अधिकारी, टिकाराम तामाङलाई चयन गरेको आईतवार धादिङबेसीमा पत्रकार सम्मेलनको आयोजना गरी वाईसिइलका नव निर्वाचत जिल्ला अध्यक्ष सिलवाले जानकारी दिनु भयो । त्यसैगरी शनिवारनै सम्पन्न नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको बन्द सत्रवाट मोर्चाको अध्यक्षमा राम नेपाली निर्वाचित हुनुभएको छ । ५१ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा झम्क परियार, सचिवमा अमृत विश्वकर्मा, सह–सचिवमा शाान्ता रोक्का रहनु भएको छ । योङ कम्युनिष्ट लीग नेपालका केन्द्रीय सदस्य एवम् जिल्ला संयोजक मनराज भण्डारीको अध्यक्षता र एमाओवादी ताम्सालिङ राज्य समितिका संयोजक विश्वभक्त दुलाल आहुतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उद्घाटन सत्रमा एकीकृत नेकपा माओवादीका केन्द्रीय तथा धादिङ जिल्ला संयोजक पुष्पविक्रम मल्ल केन्द्रिय सल्लाहकार सदस्य बेदनिधी अधिकारी, केन्द्रिय सदस्य एवम् अखिल नेपाल टे«ड युनियन महासंघका केन्द्रिय अध्यक्ष शालिकराम जमरकट्टेल, ताम्सालिङ राज्य समितिका सदस्यहरु, उत्तम कँडेल, रामबहादुर भण्डारी, राजु नेपाल विकास, योङ कम्युनिष्ट लीगका ताम्सालिङ राज्य समितिका संयोजक युवराज दुलाल, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रिय संयोजक रणेन्द्र बराली लगायतले सम्वोधन गर्नुभएको थियो ।