मेरो छोरा ! जवानीका हर उच्छ्वास र लक्षहरुलाई भुलाईदिने तिम्रो मादक हाँसो उल्क्याइ र बदमासी तिम्रो दोष हो यो म कसरी भनुँ ?
तिम्रो तोते बोली र मन्द मिठो मुस्कान कसरी भनुम् मलाई फाले लागे ।
मेरो मुटुको एउटा मिठो अंश मेरो नशाको एउटा कोमल तरङ्ग तिमीमै छ निहित फेरी कसरी भनुम् तिमीले मेरा सपनाहरु लुट्यौ,
सपनाहरु मध्यको एक सपना हौ तिमी तिमीलाई पाउनु मेरो सफलता हो नारी हुनुको प्रमाण हो तर तिमी मेरा अरु सपनाहरुसँग पनि हैकम जमाउदैछौ मायाको हैकम बात्सल्यको हैकम
तिम्रो अधिकार र मेरो कर्तब्यको बिचमा मेरो अरु सपनहरु अल्झिरहेछन्
बेला बेला म सपनाहरु ब्युताउँन खोज्छु तिमी मेरो काखमा अधिकार माग्दै आउछौ मेरो कलम खोसिदिन्छौ, कापिका पाना पानामा लापर्बाह मायाको हस्ताक्षर गरिदिन्छौ मेरो मुख थुनिदिन्छौ मेरो आँखा आफुतिर लर्काइदिन्छौ ।
मेरो निंद, मेरो भोक,मेरो तिर्खा तिमीमै आधारित मेरो ओढ्ने, मेरो बिछौना तिम्रो रोजाइ
तिमी बालकबाट मान्छे नबनेसम्म मेरो सपनाहरु थाती राख्दैछु तिमीलाई खुलेआम क्षमा दिदै मेरा अभिलाषाहरु स्थगित गर्दैछु तर बाबु, कत्ती सपनहरु त तिम्रो आगमन सँगै मारिदिएँ तिमीलाई अङ्गाल्नुको खुशीयालिमा कैयौ उच्छ्वासहरुको बध गरें, मान्छे न हुँ ग्लानी हुन्छ कहिलेकाहि निकै मिठा थिए सपनाहरु निकै उचा थिए अभिलाषाका परखालहरु, चढ्दा-चढ्दै रोकिए तिमीलाई मान्छे बनाउन हर रात म गल्दै गएछु हर दिन फुस्रदै गएछु मायामा सबथोक माफी हुदोरहेछ बाँकी जीवन कृत्रिम रङहरुको खोजिमा फेरी तिमीलाई नै “ममी” भन्ने सुहाउन हराएका रागहरु खोज्दैछु…
-शिला शर्मा भेन्कुभर, क्यानडा