डिन्यूज टिभि / भिडियो ग्यालरी

म्हेन्दोमाया किङ वाइबाको नयाँ भिडियो सार्वजनिक

By धादिङ न्यूज

February 22, 2017

अडियो सार्वजनिक भएको लामो समय पछी म्हेन्दोमाया किङ सागार एस वाईबाले “क्रालिङ खबा” नामक म्हेन्दोमाया म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरेको छन् । सौभाग्य एस वाइबाको शब्द संगीत रहेको उक्त गीतमा गायक सागरलाई नवगायिका समिका तामाङले साथ दिएका छन । भर्खरै सार्वजनिक भएको म्युजिक भिडियोमा गायक वाइबा आँफै मोडलको रुपमा देख्न सकिन्छ भने नवगायिका समिकाले पनि उनलाई साथ दिएकी छिन् ।

कमल सौरागले एरेन्ज तथा डिका गुरुङ (काठमाडौं डिजिटल)ले मिक्सिङ गरेको “क्रालिङ खबा” निकै कर्णप्रिय बनेको छ । म्हेन्दोमाया किङको आफ्नै निर्देशन रहेको भिडियोमा छायाङकन सङ्कल्प भुजेल को रहेको छ भने कोरियोग्राफी राज वाईबा र सम्पादन जम्बुलिङ फिल्म्सले गरेका छन्।

म्हेन्दोमाया पश्चिमेली तामाङहरुको एउटा महत्वपूर्ण संस्क्रिती हो, र यसको संरक्षण र संबर्द्धनका लागि गायक वाइबाले डेढ दशकदेखी यस क्षेत्रमा योगदान दिईरहेका छन् । हालसम्म उनले १६ वटा म्हेन्दोमाया एल्बम निकालिसकेका छन् भने २०० भन्दा बढी गीत बजारमा ल्याइसकेका छन् ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।)