पर्यटन

धादिङ सत्यदेबीका साँसद परशुराम तामाङ पर्यटन राज्य मन्त्रीमा नियुक्त

By धादिङ न्यूज

March 10, 2017

राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता एवम व्यवस्थापिका संसदका साँसद परशुराम तामाङ पर्यटन राज्य मन्त्रीमा नियुक्त हुनु भएको छ ।

 धादिङ सत्यदेबीका  सांसद तामाङ नेपाल सरकारको पर्यटन राज्य मन्त्रीमा नियुक्त हुनु भएको हो।मन्त्री परिषद्को विहिबारको बैठकले तामाङलाई मन्त्रीमा नियुक्त गरेको हो  ।

तामाङ राप्रपाका सचेतक पनि हुन् । शाही कालमा  धादिङको जिविस उपसभापति भएर राजनितिमा प्रवेश गरेका तामाङ राप्रपाको धादिङ जिल्ला अध्यक्ष हुंदै केन्द्रिय सदस्य हुनु भएको थियो ।  राप्रपाका प्रभावशाली नेता एवम पुर्व गृह मन्त्री बुद्धिमान तामाङको निकट मानिने परशुराम शालिन एवम अध्ययनशिल नेताका रुपमा चिनिन्छन् ।दुई राप्रपा एकीकरण भएर वनेको एकीकृत राप्रपाको प्रमुख सचेतकमा दिलनाथ गिरी र सचेतकमा परशुराम तामाङ चयन हुनु भएको थियो  । २०७० को संविधान सभा निर्वाचनमा समानुपातिक कोटाबाट संविधान सभा सदस्य निर्वाचित भएका धादिङ सत्यदेवीका तामाङ दुई राप्रपा एकीकरण अघि  राप्रपाको प्रमुख सचेतक थिए ।धादिङको उत्तरी क्षेत्रबाट पञ्चायत कालमा हरिवहादुर थापा र बुद्धिमान तामाङ पटक पटक गरी मन्त्री वनेका थिए भने बहुदल पश्चात बुद्धिमान तामाङ गृह मन्त्री समेत भएका थिए ।