कभर फोटो

नेपाल शिक्षक संघ धादिङको अध्यक्षमा बिष्णु अधिकारी विजयी

By धादिङ न्यूज

March 12, 2017

नेपाली कांग्रेस निकटको शिक्षकहरुको संगठन नेपाल शिक्षक संघ धादिङको अध्यक्षमा बिष्णु अधिकारी विजयी भएका छन । संघको आठौं जिल्ला अधिबेशनबाट अध्यक्ष पदका प्रत्याशि ध्रुव रिजाल र तुलसीप्रसाद अधिकारीलाई पराजित गर्दै बिष्णु अध्यक्षमा निर्वाचित भएका हुन । बिष्णुले २०७,रिजालले २०३ र तुलसीले १३१ मत पाएका थिए । संघको जिल्ला कार्य समितिको उपाध्यक्षमा नरहरी लम्साल (३७२), सचिवमा देवीप्रसाद छत्कुली (२८७), अर्थ सचिवमा गोपालप्रसाद अधिकारी(४२१),सह सचिवमा अर्जुनप्रसाद अधिकारी(२७५) मत पाएर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । उपाध्यक्ष पदमा पराजित रामेश्वर रिजालले १८६, सचिवमा रामहरी कोईरालाले १३२,बद्रीप्रसाद रेग्मीले ११६, सचिव अर्थमा नवराज धितालले १०८,सह सचिवमा रामकाजी अधिकारीे १२७ र राजेन्द्र सिम्खडाले ११८ मत ल्याएका थिए । यसै गरी जिल्ला कार्य समितिको सदस्यहरुमा बिष्णुप्रसाद खतिवडा ( २६६),प्रकाश पौडेल (२५६), रोहीणी प्रसाद कोईराला (२२८),भवनाथ कोइराला (२२३) र दिवाकर रिजाल (२१३) मत पाएर निर्वाचित भएका छन । पांच जना खुल्ला सदस्यका लागि ९ जना चुनावी मैदानमा उत्रिएका थिए । सदस्य पदमा पराजित हुनेहरुमा मनोज कार्की १७८,लोकबहादुर तामाङ १५९,शिवप्रसाद अर्यालले १६२ मत ल्याएका थिए । संघीय महाधिबेशन प्रतिनिधिमा दिपक सिम्खडा, ध्रुव अधिकारी, शिवहरी अधिकारी,रुद्रवहादुर रिजाल र ऋषिश्वर वुर्लाकोटी चयन भएका छन । महाधिबेन प्रतिनिधिमा पांच जनाका लागि ६ जनाका बिच चुनाव भएकोमा हरि तामाङ पराजित भएका हुन ।शुक्रबार देखि शुरु भएको अधिबेशन शनिवार राती निर्वाचन परिणाम घोषणा भएर सम्पन्न भएको थियो । सहमतीबाट कार्य समिति चयनको प्रयास सफल नभएपछि शनिवार निर्वाचन भएको थियो ।