मुख्य समाचार

नियोक धादिङको संयोजकमा पत्रकार राजेन्द्रप्रताप शाह

By धादिङ न्यूज

March 30, 2017

आसन्न स्थानीय निकाय निर्वाचनको स्वतन्त्र ढंगबाट अनुगमन तथा पर्यवेक्षण गरी निर्वाचनलाई निष्पक्ष र धांधलीरहित बनाउन सरोकारवाला निकायलाई सहयोग पु¥याउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) धादिङको पुर्नगठन गरिएको छ ।

धादिङका पुराना पत्रकार राजेन्द्रप्रताप शाहको संयोजकत्वमा पुर्नगठन गरिएको १३ सदस्यिय नियोक जिल्ला कार्य समितिको उप संयोजकमा अधिबक्ता रामचन्द्र भट्ट,सचिवमा रोहित भण्डारी र कोषाध्यक्षमा केशव अधिकारी रहनु भएको छ । पुर्न गठित कार्य समितिको सदस्यहरुमा दुर्गाप्रसाद तिवारी,विनोद रिजाल, पोषनाथ अधिकारी,अर्जुनप्रसाद खतिवडा,कृष्णकुमार श्रेष्ठ,गर्भवहादुर मिजार,सम्झना रिजाल,डोलमाया घले र भेषनाथ रिजाल रहेका छन । नियोक धादिङका संयोजक ध्रुववहादुर थापाको अध्यक्षतामा सम्पन्न जिल्लाका अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरुको भेलाले नियोक जिल्ला समितिको पुर्नगठन गरेको हो । नियोकले गाउँ गाउँमा पर्यवेक्षक परिचालन गरेर निर्वाचनको स्वतन्त्र पर्यवेक्षण तथा अनुगमन गरी प्रतिवेदन सार्वजनिक गर्ने गर्दछ ।