मुख्य समाचार

नीलकण्ठ नगरपालिका मेयरमा काँग्रेसबाट ६ जनाको चर्चा

By धादिङ न्यूज

March 31, 2017

बैशाख ३१ को मिति जति नजिक नजिक आउंदैछ,चुनावी माहौल पनि त्यतिकै तात्दैछ । अबको नेत्तृत्व कस्ले गर्ला धेरैको चासोको बिषय पनि बनेको छ । चुनाव जित्नु पर्ने वाध्यता त हरेक दलमा छँदैछ, चुनावमा जानका लागि टिकट कस्ले पाउने भन्नेमा पनि दल भित्रै रस्साकस्सी शुरु भईसकेको छ ।

         धादिङ जिल्लाको सदरमुकाम समेत रहेको नीलकण्ठ नगरपालिकामा मेयर पदका लागि कस्ले टिकट पाउला भन्ने छलफल शुरु भएको छ ।नीलकण्ठ नगरपालिकामा जिल्लाको नीलकण्ठ, साङकोष,सुनौलावजार,मुरलीभञ्ज्याङ, खाल्टे,ज्यामरुङ र धुंवाकोट गाविस समेटेएिका छन । कुल ३३ हजार १ सय मतदाता रहेको यस नगरपालिकामा नेपाली कांग्रेस,नेकपा एमाले र मओवादी केन्द्र तीन वटै दलले आंफुहरु बलियो रहेको दावी गर्ने गरेका छन । नगरपालिका भएका यि गाविसहरुमा २०५४ सालको स्थानीय निर्वाचनमा नीलकण्ठ,साङकोष,मुरलीभञ्ज्याङमा नेपाली कांग्रेस,खाल्टे,ज्यामरुङ, सुनौलवजार र धुंवाकोट गाविसमा एमालेका अध्यक्षहरु विजयी भएका थिए ।