घटना /दुर्घटना/ अपराध

धादिङमा छुट्टा छुट्टै तीन दुर्घटना १ को मृत्यु १६ घाईते

By धादिङ न्यूज

April 09, 2017

धादिङ  –शनिवार धादिङ जिल्लाको छुट्टा छुट्टै ३ स्थानामा भएको दुर्घटनामा परि जनाको १ ज्यान गएको छ भने १६ जना घाईते भएका छन ।

 धादिङको सिद्दलेक गाउँपालिका–१ चिसापानीमा ट्र्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।

सामान ओसारपसार गर्दै रहेको ना५त ५११८ नं को ट्र्याक्टरले ठक्कर दिँदा सोही स्थानका आठ वर्षीया शान्ति भट्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

धादिङको थाक्रे गाउँपालिका अन्र्तगत सिम्ले बजारमा ट्रकको ठक्करबाट एक बालिका घाईते भएकी छिन् । काठमाण्डौँबाट विरगन्ज तर्फ जाँदै गरेको ना ६ ख ३४३३ नम्बरको ट्रकले शनिवार सांझ ५ बजे साविकको भुमेस्थान ६ कि ८ बर्षिया सुजिता कुँवरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । खुट्टामा चोट लागेको कुँवरलाई उपचारको लागि काठमाण्डौँ लगिएको छ । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।यसैगरी पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिकाअन्तर्गत चालिसेमा माइक्रोबस र टिपर एकआपसमा ठोक्किएर भएको दुर्घटनामा १५ जना घाइते भएका छन् ।

इप्रका गजुरीका अनुसार काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना५ख ११७३ नं को माइक्रोबसलाई विपरीत दिशाबाट आएको ना५ख ९३१३ नं को टिपरले ठक्कर दिँदा माइक्रोबसका १५ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको गजुरी अस्पतालमा उपचार भइरहेको छ ।