कभर फोटो

अब जिल्लामा कुन–कुन कार्यालय रहन्छन् ?

By धादिङ न्यूज

April 24, 2017

काठमाडाैं, वैशाख ११  : संघीयता लागू भएपछि जिल्ला स्थित सरकारी कार्यालयको संरचना के होला धेरैको चासो र जिज्ञासा बनेको छ यो सवाल । गाउँ देदि जिल्ला सदरमुकाम सम्म पुगेर सरकारी कार्यालयको सेवा सुविधा लिंदै आएका आम सर्वसाधरणले अब ति सेवा कहाँबाट पाउलान ? चुनावको माहोल संगै आम नागरिकको यो जिज्ञासाले पनि राम्रै स्थान पाउन थालेको छ । कतिलाई लाग्न थालेको छ के अव जिल्ला सदरमुकाम नरहला ?रह्यो भने कुन कुन कार्यालय रहलान ?स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् ।