????????????????????????????????????

कभर फोटो

भुकम्पको दुई बर्ष, काम भन्दा कुरा धेरै

By धादिङ न्यूज

April 25, 2017

 जिल्लाको उत्तरी क्षेत्र सबैभन्दा बढी प्रभावित उत्तरी धादिङको लापा, सेर्तुङ, तिप्लिङ, झार्लाङ र री गाउँ विकास समितिमा मात्रै १६३ जनाले ज्यान गुमाएका छन ।  ५० भन्दा बढी गाउँ र बस्तीहरु नै स्थानान्तरण गरिएको छ ।  धादिङमा ६ सय ७६ जनाले ज्यान गुमाएका थिए ।  ७०हजार ५८२ लाभग्राही मध्ये ६४ हजार७ सय २४ जना संग अनुदान सम्झौता  ६२ हजार ८ सय ९० जना लाभग्राहीको बैक खातामा प्रथम किस्ता रकम निकासा  १८ सय ३४ जना लाभग्राहीले अझै पनि पहिलो किस्ता बुझेनन  भुकम्पमा घर गुमाएका १५ हजार भुकम्प पिडितले अनुदान पाएनन

केशव अधिकारी धादिङ ,१२ बैशाख : भुकम्पले पु¥याएको क्षतिपछि गाउँमा बस्नै नसकेर विस्थापित भएका उत्तरी धादिङका अधिकांश भुकम्प पिडितलाई सरकारले अझै पनि व्यवस्थापन गर्न सकिरहेको छैन । २०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्प गएको दुई बर्ष भईसक्दा पनि भुकम्प पछि विस्थापित भएकाहरु अहिलेसम्म विभिन्न स्थानमा छरिएर बस्न वाध्य भएका छन । उत्तरी धादिङबाट विस्थापित भएकाहरुको दीर्घकालिन पुनस्थापनाको लागि अहिलेसम्म जिल्ला दैवि प्रकोप उद्धार समितिले कुनै ठोस कार्ययोजनासमेत ल्याउन सकेको छैन । विनाशकारी भुकम्प र त्यसपछिको लगातार पराकम्पनका कारण धादिङमा मात्रै ६९ अर्व भन्दा बढीको क्षति भएको जिल्ला दैवि प्रकोप उद्धार समितिले जनाएको छ । भुकम्पमा परि धादिङमा ६ सय ७६ जनाले ज्यान गुमाएका थिए । विशेष गरेर धादिङको उत्तरी क्षेत्र भुकम्पका कारण सवैभन्दा बढी प्रभावित बनेको थियो । सडक सञ्जालले पनि नछोएको धादिङको उत्तरी क्षेत्रका पाँच गाँउ विकास समितिहरु लापा, सेर्तुङ, तिप्लिङ, झार्लाङ र री गाउँ विकास समितिमा मात्रै १६३ जनाले ज्यान गुमाए भने ५० भन्दा बढी गाउँ र बस्तीहरु नै संकटमा परेपछि त्यहाँ रहेको बस्तिलाई स्थानान्तरण गरिएको थियो । भुकम्पका कारण उत्तरी क्षेत्रका धेरैजसो बस्तीहरुमा पहिरोेको जोखिम बढेको थियो । पहिरोको जोखिमले गर्दा जिल्लाका २५ सय घर धुरी भुकम्प पछि विस्थापित हुन पुगेका थिए । विस्थापितहरु कोही सदरमुकाम छेउछाउमा त कोही आफन्तहरु भएका ठाउँमा बसोबास गरिरहेका छन । भुकम्पबाट अति प्रभावित भएको उत्तरी क्षेत्रका ५ गाउँ विकास समिति सहित १६ वटा गाउँ विकास समितिको ६५ वटा बस्तीका भुकम्प पिडितहरुलाइ जिल्ला दैवि प्रकोप उद्धार समितिले सदरमुकाम आसापासका विभिन्न १२ वटा शिविरहरुमा अस्थायी बसोवास गर्ने ब्यवस्था मिलाएको थियो । धादिङ जिल्लाका भुकम्पवाट प्रभावित घरधुरी मध्ये निजी आवास अनुदान प्राप्त गर्ने लाभग्राहीको सूचीमा समावेस भएका ७० हजार ५८२ लाभग्राही मध्ये हालसम्म ६४ हजार ७ सय २४ जना लाभग्राही संग अनुदान सम्झौता भएको र ति मध्ये ६२ हजार ८ सय ९० जना लाभग्राहीको बैक खातामा प्रथम किस्ता रकम निकासा भईसकेको जिल्ला समन्वय समिति धादिङका सूचना अधिकारी भोला गौतमले जानकारी दिनु भयो । भुकम्पले भत्किएका घर बनाउन धादिङका ६२ हजार ८ सय ९० घरले मात्रै पहिलो किस्ताको रकम बुझेर लगेका छन । रकम लगेका मध्ये २० प्रतिशतले पनि घर वनाउन सकेका छैनन । अर्थ मन्त्रालयले पुनर्निर्माण प्राधिकरणलाई निजी घर पुनर्निर्माणको लागि दिइने अनुदान अन्तर्गतको पहिलो किस्ता रकम वितरणका लागि ६५ अर्ब रुपैयाँँ निकासा दिएको थियो । पूर्ण रूपमा निजी घर भत्किएको परिवारलाई पहिलो किस्ता अन्तर्गत ५० हजार रुपैयाँका दरले वितरण गर्नका लागि उक्त रकम निकासा दिइएको हो । अनुदान अन्तर्गतको रकम घरधनीले सुरक्षित घर निर्माण सर्तसहित नक्सा पास गरेपछि प्रथम किस्ता अन्तर्गत २५ प्रतिशत ५० हजार रुपैयाँँ अनुदान पाउने छन । जग निर्माण कार्यसम्पन्न भए पश्चात प्राविधिक चेकजाँचका आधारमा दोस्रो किस्ता रकम ४० प्रतिशत अर्थात ८० हजार रुपैयाँँ पाउने छ । छाना छाउनु अगाडिको तहसम्मको कार्य सम्पन्न भए पश्चात तेस्रो एवं अन्तिम किस्ता ७० हजार रुपैयाँँ पाइने व्यवस्था गरिएको छ । धादिङका अधिकांश भुकम्प पिडित अझै पनि अनुदान पाउने सुचिमा पर्न नसक्नुमा सरकार र प्राधिकरणकोे लापरवाही भएको धादिङ क्षेत्र नम्बर २ का सांसद गुरुप्रसाद वुर्लाकोटीको भनाई छ । जगै समेत लडेको घर समेत बस्न योग्य भनेर सिफारिश गर्ने सरकारी इन्जिनियरको कार्य कुशलता माथि शंका उव्जेको सांसद बुर्लाकोटीको भनाई छ । भुकम्पमा घरवास गुमाएका धादिङका १५ हजार भुकम्प पिडितले अझै पनि सरकारी अनुदान पाएका छैनन । अनुदान पाएका अधिकांशले पनि घर निर्माण गर्न सकेका छैनन । घर वनाएकाहरुलाई पनि गाउँमा खटिएका प्राविधिकहरुले अनावश्यक दुःख दिएको सर्वसाधरणको गुनासो छ । ६ महिना अघि गाउँमा खटिएका इन्जिनियर संग परामर्श गरी उनिहरुकै सल्लाहमा घर निर्माण गरेकोमा अहिले अनुमगनमा खटिएका इन्जिनियरले घरको नक्सा नमिलेको, घर लामो भएको भन्दै दुःख दिएको वताउँछन । कुल आठ लाख ६३ हजार खर्च गरेर तीनवटा कोठा, छुट्टै,शौचालय वाथरुम र गोवरग्याँस समेत जडान गरी वनाईएको घर अहिले आएर नक्सा मिलेन भनेर इन्जिनियरले दुःख दिने काम गरेको आगिन्चोकका नवराज पाठक बताउँछन । अधिकांश भुकम्प पिडितले घर वनाउन नसक्नुमा पहिलो सरकारले दिएको रकम थोरै भएको र दोश्रोमा गाउँमा खटिने इन्जिनियरले धेरै जान्ने भएर दःख दिने गरेको गाउँलेहरुको गुनासो छ । इन्जिनियरहरुको कारण सर्वसाधरण धेरै आक्रोशित हुने गरेकाले पुर्न निर्माण प्राधिकरणले यस बिषयमा गम्भिर भएर सोच्नु पर्ने नेकपा मालेका जिल्ला सचिव तिर्थ सिलवालको भनाई छ । घर वनाउन भनेर दिएको रकम मासिएपछि कतिले त दोश्रो किस्ताका लागि कुनै पहल नगर्ने संकेत गरेका छन । दशैंको मुखमा आएर दिईएको ५० हजार दशैका लागि खर्च गरेर सकिएपछि भुकम्प पिडितहरु झन समस्यामा परेका हुन । पहिलो चरणमा अनुदान लिएकाले घर निर्माण शुरु गरेपछि मात्रै दोश्रो किस्ताको प्रकृया अघि बढ्ने भएकाले सिमित व्यक्तिले मात्रै घरको निर्माण कार्य नाम छुटेकाहरुले पुर्ननिर्माण प्राधिकरणमा गुनासो फाराम भरेर पेश गरेकोमा प्राधिकरणले १२ हजार १ सय ५१ जनाको गुनासो फछ्र्यौट गरेपनि बांकी रहेकालाई अनुदान पाउनबाट रोकेको हो । धादिङ जिल्लाबाट १५ हजार ५ सय १० जनाले गुनासो फाराम भरेकोमा प्राधिकरणले ३ सय ४२ जनालाई मात्रै अनुदान पाउन योग्य भनेर सिफारिश गरेको थियो । गुनासो भरेका मध्ये १२ हजार १ सय ५१ जनालाई विवरण नभेटिएको भनेर पुन सर्भेक्षण गर्नु पर्ने भन्दै अनुदान लिनबाट पन्छाईदिएको हो ।