घटना /दुर्घटना/ अपराध

गल्छीमा कांग्रेस कार्यकर्ताको आक्रमणमा एमाले कार्यकर्ता घाईते

By धादिङ न्यूज

May 09, 2017

गल्छि-धादिङको दक्षिणी भेगमा पर्ने गल्छि गाउँपालिका वडा नं ७ को मछेडी पलाङखर्कमा नेपाली काग्रेसका स्थानिय कार्यकर्ताले नेकपा एमालेका कार्यकर्ता सुब्वा वि क माथि आक्रमण गरेका छन । सोमवार भएको सो घटनामा ७ नंबर वडाका सदस्यका उम्मेदवार सुरेश तामाङ, पार्टीका सदस्य हेमबहादुर भण्डारी, जेठा तामाङ, ठूलीकान्छी तामाङलाई कांग्रेसका कार्यकर्ताहले गालिगलौज गर्नुका साथै ज्यानमार्ने धम्की दिएको नेकपा एमाले धादिङले जनाएको छ । निर्वाचनको संघारमा नेपाली काग्रेसका कार्यकर्ताबाट भएको आक्रमणको नेकपा एमाले गल्छि गाउँपालिका निर्वाचन परिचालन कमिटीले भत्र्सना गरेको छ । कमिटीका संयोजक केदारनाथ खतिवडाद्वारा जारी विज्ञप्तीमा नागरिकको बाँच्न पाउने अधिकार र शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि गर्न पाउने अधिकार हनन् हुनेगरी भएको घट्नामा संलग्न दोषि उपर अविलम्ब कानुनी कारबाहीको माग पनि गरिएको छ । नेकपा एमालेको पक्षमा उर्लिदो जनलहरबाट अतालिएकोे नेपाली काग्रेस कुटपिट गालिगलौज र दुव्र्यवहारको हर्कत गर्न थालको विज्ञप्तीमा उल्लेख छ । घट्नास्थलमा नेपाल प्रहरीको टोली पुगेको र दोषि पहिचानगरी पक्राउ गरिसकेको अवस्थामा विना कारवाही दोषि छाड्नुका साथै घट्नास्थलमा बरामद गरिएको मोटरसाइकल समेत छाडिएको घट्नाले प्रशासनको निष्पक्षतामाथि शंका उत्पन्न गरेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, नेकपा एमाले दोषि माथि तत्काल कारवाही र घाइतेको उपचारको माग गर्दछ । साथै यस्ता हिंसात्मक घट्ना दोहोरिन नदिन सम्बन्धीत सवै पक्षको ध्यान आकृष्ट गराउन चाहन्छ । घाइते विकको काठमाण्डौ स्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको भइरहेको छ ।