मुख्य समाचार

गल्छी गाउँपालिका ५ मा एमालेको प्यानलनै विजयी

By धादिङ न्यूज

May 17, 2017

विजयी भएका छन ।   नेकपा माओवादी केन्द्रका सरोज तामाङले ३२० र अर्का प्रत्याशि नेपाली काँग्रेसका सुरेश तामाङले १६६ मत प्राप्त गरेका छन ।

गल्छी गाउँ पालिका वडा नम्बर ५ को वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार प्रेम तामाङ ४३८ मत ल्याएर 

 यस वडाबाट गाउँ पालिका अध्यक्षमा नेकपा एमालेलाई ६५१,नेपाली कांग्रेसलाई ६९२ र माओवादीलाई ४२ मत परेको छ भने उपाध्यक्षमा एमालेलाई ६४१ माओवादीलाई ५०० र कांग्रेसलाई ५३मत खसेको छ । ८ वटा वडा रहेको गल्छी गाउँपालिकाको  अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जित्ने सम्भावना बढेर गएको छ । अध्यक्ष पदमा नेकपा एमालेबाट कृष्णहरी श्रेष्ठ, नेपाली काँग्रेसबाट विनोद कार्की,माओदीवाट विरवहादुर तामाङ (बिक्रम)को उम्मेदवारी परेको छ भने उपाध्यक्षमा एमालेबाट राधा तिमिल्सिना, कांग्रेसबाट कला खतिवडा र माओवादी बाट मिना झ्यारी मगर प्रतिष्पर्धामा रहेका छन । काँग्रेस र माओवादी बिच तालमेल गरी अध्यक्षमा कांग्रेसलाई र उपाध्यक्षमा माओवादीलाई सघाउने दुई पाटी बिच लिखित सहमती भएको भएपनि छाडेका उम्मेदवारले पनि प्रशस्त भोट पाएका छन ।