कभर फोटो

थांक्रेमा एमालेको अध्यक्ष र उपाध्यक्ष भारी मतले विजयी

By धादिङ न्यूज

May 17, 2017

धादिङको थाक्रे गाउँपालिकामा नेकपा एमाले बहुमतका साथ विजयी भएका छन् । नेकपा एमालेका तर्फबाट गाउँ पालिकाको अध्यक्ष पदका उम्मेदवार  रामकुमार आचार्यले ८ हजार २ सय ३४ मत ल्याई विजयी भएका हुन् ।

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार यन्त्र बहादुर थापाले ६ हजार ६ सय ९० मत ल्याई पराजित भए ।

त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका अम्बिका रुपाखेतीले ८ हजार ३ सय २२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका रामकुमार लामाले ५ हजार ४ सय ८८ ल्याई पराजित भएका हुन् । नेकपा एमाले एकल चुनाव लडेको थियो भने माओवादी केन्द्र र नेपाली काँग्रेस क्रमश अध्यक्ष र उपाध्यक्षमा तालमेल गरी चुनावी मैदानमा लडेका थिए ।

थाक्रेमा वडा नं २, ४, ६, ७, ८, ९ मा एमाले र वडा नं ३ र ५ मा माओवादी केन्द्र र वडा नं १ मा नेपाली काँग्रेसका उम्मेदवारले विजयी हासिल गरेका छन् ।