कला /साहित्य /संस्कृति

कति टाउको अचानो………./ गजल

By धादिङ न्यूज

June 05, 2017

ति टाउको अचानो, जिब्रो धार बनाए।  आ-आफ्नोबिच आफैलाई दरार बनाए।

नारीलाई लान्छना तर मर्दको दस भन्ने,  यो समाजले पनि अनौठो संकार बनाए।

बाच्नै गाह्रो भैसक्यो देशमा सोझाहरुले, जनतालाई मौरी र कुर्सीलाई घार बनाए।

झोलामा बाइबल र हातमा मुल्यसुचि छ,  धर्मको नाममा फस्टाउदो ब्यापार बनाए।

हाम्रो देशका नेताहरु असाध्यै बाठा छन्, गणितीय सुत्र द्वारा दुई तियाँ चार बनाए।

म सानो छदा आँखै अघि मारिए थे कति, गल्ति बिर्सि नेता उसैलाई बारबार बनाए।

सत्तामा पुगेपछि भत्ताले पुग्दैन खर्च अरे, भष्टचारीकै कारण देशलाई गद्दार बनाए।

मलाइ प्रवाह छैन कस्ले के गर्दै छ ताकी,  यहि ज्यादती भुल्न सृष्टिमा प्यार बनाए।

-रश्मि रोदन सिद्धलेक-1, धादिङ  हाल- काठमांडौ