कभर फोटो

आत्मनिर्भर बन्दै गल्छी बाईसकिलाका  विपन्न समुदाय

By धादिङ न्यूज

June 12, 2017

ज्यालामजदुरी गरेर परिवार पालिरहेकाले सामान्य घरखर्च चलाउन पनि मुस्किल परिरहेका बेला सीपमूलक तालिम लिएपछि उनीहरू आत्मनिर्भर बन्न थालेका छन् । अहिले उनीहरू घरमै बसी विहानबेलुकाको समय सदुपयोग गरेर सादा कपडामा बुट्टा भरेर दैनिक घरखर्च चलाउन सक्ने भएका छन् । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत सीपमूलक तालिम लिएपछि धादिङको गल्छी गाउँपालिकाका विपन्न समुदायका व्यक्ति आत्मनिर्भर बन्न थालेका हुन् ।

धादिङ : सबैको हातहातमा बुट्टा भर्ने सियो र साथमा गोलो कपडा बाध्ने रिङ छ । सबैजना आ–आफ्नै सुरमा कपडामा बुट्टा भरिरहेका छन् । धादिङको गल्छी गाउँपालिका बडा नं ७ स्थित बाइसकिलोमा आजभोली हरेक घरमा यस्तो दृष्य देख्न पाइन्छ । पृथ्वी राजमार्गसँग जोडिएको बाइसकिलोमा विपन्न बस्ती छ । २३ घरधुरी रहेको उक्त बस्तीका अधिकांश परिवारको कमाइको कुनै स्थायी स्रोत छैन ।