कभर फोटो

नयाँवस्ती निर्माणका लागि डकर्मी तालिम लिंदै लापावासी

By धादिङ न्यूज

June 20, 2017

धादिङ,६ असार – नयाँबस्ती निमार्णको लागी ज्यामी नपाएर दुख पाएका उत्तरी धादिङको लापाबासीहरु अहिले घरदैलोमा डकर्मी तालिम लिन पाएपछि खुसि भएका छन् । २०७२ को बिनासकारी भुकम्पका कारण विस्थापीत भई ज्वालामुखि गाउँपालीका वडा नम्बर ४ मा बसोबास गरिरहेका नागरिकहरुहरुको आयआर्जन बृद्धि गर्ने उद्देश्यले गाउँमै डकर्मी तालिम सञ्चालन गरिएको हो ।

आफ्नो थाकथलो छोडेर दाताको सहयोग र स्थानिय दिनेश तमाङको अगुवाईमा ज्वालामुखि गाऊँपालिका वडा नम्बर ४ नयाँवस्तीमा वसोवास गरेका लापावासी सिपको अभावको कारण विभिन्न समस्या झेल्दै आईरहेका थिए । देश पुर्ननिमार्णको चरणमा रहेको र डकर्मी तालिम महत्वपुर्ण रहेको भन्दै सहभागीहरुले तालिम प्रभावकारी भएको बताएका छन । गाउँमा दक्ष काम गर्न सक्ने कामदार नपाउदा गाउँमा पुर्ननिमार्णको कार्यले गति लिन नसकेको पुर्नस्थापना अभियानका अगुवा दिनेशकुमार तामाङ वताउनुहुन्छ । जसोतसो दाताले बनाईदिएको घरमा बसेपनी रोजगारी नहुदा गाउँवासी बेइलामी हुंदै आएका थिए । पहिला पनि अलिअलि डकर्मीको काम गर्थे अब झन् तालिम लिएपछी राम्रो काम गर्छु सहभागी फुङजुङ तामाङले बताउनुभयो ।

चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङको आयोजना र गरिबी निवारण कोषको आर्थिक सहयोगमा तालिम सन्चालन गरीएको हो । पुर्नस्थापना अभियन्ता दिनेश कुमार तामाङको अध्यक्षतामा सञ्चालन भएको तालिममा गरिबी निवारण कोषका जिल्ला ईन्जीनियर सुनिल कुमार तिमल्सीना, सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, कोसोक नेपालका कार्यक्रम संयोजक राजेन्द्र श्रेष्ठ समेतको उपस्थितीमा ईन्जिनियर श्री निर्देश नेपाल र श्री प्रकास पराजुली ले घर निर्माण गर्दा अपनाउनु पर्ने कानूनी प्रक्रिया देखि सुरक्षाका लागि पुरा गर्नुपर्ने मापदण्ड लगायतका प्राबिधिक बिषयमा सहजिकरण गर्ने छन । कार्यक्रममा स्थानीय २५ जनाको सहभागीता रहेको छ ।