????????????????????????????????????

कृषि/पशुपालन /सहकारी

ब्रुसबाङका चेपाङ भन्छन् -‘कि गाउँमा पानी ल्याईदेउ, सक्दैनौ भने बस्तीनै सारि देउ’

By धादिङ न्यूज

June 23, 2017

राजेन्द्र बस्नेत धादिङ, ९ असार :  लामो समयदेखि खानेपानी र खाद्यन्नको चरम अभाव झेल्दै आएका ब्रुसबाङ चेपाङ समुदायमा पानी पु¥याउन भन्दा बस्ती स्तानान्तरण गर्न उपयुक्त हुने स्थानीय विकास अधिकारी जीवलाल भुषालले बताए । प्रत्येक घरमा खानेपानी धारो हुने पर्ने, बाह्रै महिना पोषणयुक्त खाना खान पाउने व्यवस्थाका मिलाउनु पर्ने, जनता आवास÷पूननिर्माण कार्यक्रमबाट सवै घर बनाउने, वालकक्षालाई दरवन्दी बनाउनु पर्ने सडक तथा बजार सहज पहुँच हुने पर्ने गाँउलाई चेपाङ पर्यकट क्षेत्र बनाउन पूर्वाधार निमार्ण गर्नु पर्ने र यी मागहरु पुरा गर्न वा हुन नसके प्रतिपरिवार आवास सहित १२ रोपनी खेती योग्य जमिन र खानेपानी, विजुली वत्ती, स्कुल र सडक भएको ठाँउमा आफुहरुलाई एक वर्ष भित्र बसाई सारिनु पर्ने मागसहित आएको बु्रसबाङ खाद्य अधिकार समुहको माग पत्र बुझ्दै माग सम्वोधनको सजिलो विकल्प नै वस्ती स्थानान्तरण भएको स्थानीय विकास अधिकारी भुषालले बताए । खानेपानीको अभावमा तिर्खा मेट्ने गरी खानेपानी पनि खान नपाएको छैनौ । विहान वेलुका नै अन्न खान मुस्किल छ । टाँकीको मुन्टा, सिस्नु, गिठ्ठा भ्याकुर लगायतका जंगली कन्दमुलको भरमा कति बस्ने समुदायको प्रश्न थियो । वालवच्चा नुहाउन, घरआँगन सरसफाई गर्न सकेका छैनौ । दिनभरी काम गरेर हात खुट्टा नधोई खानु पर्ने र सुत्नु पर्ने कहिलोसम्म अर्को प्रश्न थियो । हामीले खानेपानी पाँउदा पनि नपाउने हाम्रोपनि खाद्य अधिकार होला बु्रसबाङ खाद्य अधिकार समूहका अध्यक्ष प्रेम बहादुर चेपाङले बताए । गर्भवती, सुत्केरी र साना साना वालवालिकाहरुले समेत पानी कोक्नु पर्ने अवस्था छ । सुस्केरी अवस्थामा पानी बोक्दा रगत बगेको फुल माया चेपाङले बताईन । टाँकीको मुन्टा, सिस्नु, गिठ्ठा धेरै दिनसम्म खाएरहदा रिगंटा लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने हुन्छ, वसुवसु मात्र लाग्छ सूर्य माया चेपाङले बताईन । खानेपानी माग्दै खानेपानी तथा सरसफाई डिभिजन कायाृलयमा पुग्दा उनीहरुले बस्ती सार्न नै सुझाव पाए । खानेपानीको सम्भाव्यता अध्ययन गछौ । तर पानी प¥याएर सवै माग पुरा नहुने हुँदा बस्ती सार्नु नै उपयुक्त विकल्प भएको प्रमुख जक्की अहम्द अन्सारीले बताए । ब्रुसबाङ चेपाङ समुदायको खाद्य अधिकार हनन् भएकाले फियान नेपाल र खाद्य अधिकार जिल्ला सञ्जाल धादिङले चेपाङ समुदायको खाद्य अधिकार प्राप्तीका लागि सहजिकरण र समुदायको सदस्यको क्षमता अभिवृद्धि गर्ने काम गरिरहेको सञ्जालका सदस्य बेद बहादुर खाणले बताए । ब्रुसबाङ खाद्य अधिकार समुहले खानेपानी माग्दै जिल्ला सदरमुकाम आउन थालेको ४ पुरा भईसक्यो पानी पाएका छैनन् ।