निकै लामो समय सम्म नेत्तृत्व विहिन अवस्थामा रहेको धादिङ जिल्लाको पुरानो साहित्यिक संस्था धादिङ साहित्य समाजले युवा नेत्तृत्व पाएको छ । धादिङका वरिष्ठ साहित्यकार डिल्लिरमण अर्यालको निधनपछि नेतृत्व विहीन भएको धादिङ साहित्य समाजलाई शुक्रबार पुनर्गठन गरिएको हो । समाजको अध्यक्षमा प्राध्यापक एवम पत्रकार मुरारी अधिकारी, उपाध्यक्षमा कल्पना अधिकारी, सचिवमा गोविन्द बुढाथोकी, सहसचिवमा दीपेन्द्र रिजाल र कोषाध्यक्षमा प्रकाश सापकोटा चयन भएका छन्।
त्यसै गरी संस्थाको सदस्यहरुमा डा. नवीनबन्धु पहाडी, रमेश अधिकारी, देवी अधिकारी, रविन्द्र श्रेष्ठ, दीपक विश्वकर्मा, राजेन्द्र राना गौरी नेपाल, रीता अधिकारी लगायत चयन भएका छन् । कार्यक्रम धादिङ साहित्य समाजका उपाध्यक्ष बाबुकाजी सिलवालको अध्यक्षतामा भएको थियो ।केही बर्ष अघि सम्म नियमित साहित्यिक कार्यक्रम सञ्चालन गर्नुका साथै साहित्यिक प्रकाशनहरु प्रकाशित गरि जिल्लाको साहित्य संरक्षणमा उल्लेखनिय भुमिका निर्वाह गरिरहेको धादिङ साहित्य समाजमा नयाँ नेत्तृत्व चयन हुन नसक्दा संस्थाको गतिविधि शुन्य हुन पुगेको थियो ।