कभर फोटो

नारायणगढ–मुग्लिन सडक खण्ड ठाउँ ठाउँमा पहिरो झरेपछि अवरुद्ध

By धादिङ न्यूज

June 25, 2017

 

चितवन ११ असार,। ठाउँ ठाउँमा पहिरो झरेकाले चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड गएरातिदेखि पुनः अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि सयौं सवारी साधनका हजारौं यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

मुग्लिन प्रहरीका अनुसार चार ठाउँमा खसेको पहिरो हटाउने काम भइरहेको छ । दिउँसोसम्म हटाइसक्ने लक्ष्य अनुसाार काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । बिहीबार राति पनि खसेको पहिरो शुक्रबार दिउँसोमात्र हटाइएको थियो । शनिबार साँझबाट पुनः पहिरो झरेर बाटो अवरुद्ध भएको छ ।

विहीबार राती खसेको ठाउँ नै कालीखोला, चार किलो, मुग्लिनबाट एक किलोमिटर भरतपुर तर्फ, र अन्य एक ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए। उनले अहिले पहिरो पन्छ्याउने काम भइरहे पनि ठाउँ–ठाउँमा पहिरो खसेकोले हटाउन समय लाग्ने बताए ।

हिजो रातीदेखि नै सो सडक खण्डमा हजारौं सवारी साधनहरु रोकिएका छन् । बिहीबार राति पहिरोले प्रहरीको भ्यान र एउटा टक बगाउँदा दुई प्रहरीको मृत्यु भएको छ भने दुई प्रहरी वेपत्ता छन् ।